१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

उम्मेदवार र पूव सांसदले कहाँ कहाँबाट मतदान गरे ?



मायादेवी अनलाइन, कपिलबस्तु, २१ मंसिर ।
पुर्ब सांसद र अहिलेका प्रतिनिधिसभाका उम्मेदवारले जिल्लाका बिभिन्न स्थानबाट मतदान गरेका छन । नेकपा एमाले क्षेत्र नं. १ का पुर्ब सांसद एवं एमाले नेता बलराम अधिकारिले बाणगंगा नगरपालिका ८ चप्परगाउ बुथबाट मतदान गर्नुभएको छ ।
पुर्ब राजदुत एवं प्रतिनिधि सभा क्षेत्र नं. १ का काङ्ग्रेस उम्मेदार दिपकुमार उपाध्यायले बाणगंगा नगरपालिका ११ स्थित घरबुदिया आधारभूत मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । कपिलबस्तु क्षेत्र नं. २ का पुर्ब सांसद एवं समानुपातिक उम्मेदार अतहर कमाल मुसलमानले पनि सोहि स्थानबाटै मतदान गर्नुभएको छ ।
वाम गठबन्धनका प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ ले वाणगंगा नगरपालिका –६, लक्ष्मणघाट माविबाट मतदान गर्नुभएको छ ।
कपिलबस्तु क्षेत्र नं. ४ का पुर्ब सांसद एवं प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदार सुरेन्द्रराज आचार्यले बुद्धभूमि नगरपालिका –३, राष्ट्रिय उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
उहाँका प्रतिस्पर्धी पुर्ब सांसद एवं प्रतिनिधि सभा २ का बाम गठबन्धनका साझा उम्मेदार बृजेश कुमार गुप्ताले भगवानदास मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
पुर्ब सांसद एवं कपिलवस्तु क्षेत्र नम्बर ३ का कांग्रेस उम्मेदवार अभिषेकप्रताप साहले कृष्णनगर नगरपालिकास्थित नेपाल खानेपानी संस्थान मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
उहाका प्रतिस्पर्धी पुर्ब राज्य मन्त्रि एवं संयुक्त बाम गठबन्धन प्रतिनिधि सभा ३ का साझा उम्मेदार ईश्वर दयाल मिश्रलेरामजानकी आधारभूत माविबाट मतदान गर्नुभएको छ ।
प्रतिनिधि सभा ३ बाटै उम्मेदार रहनुभएका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मंगलप्रसाद गुप्ताले कृष्णनगर नगरापालिका महेन्द्र उमावि मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।
नेकपा एमाले पुर्ब समानुपातिक सांसद बिश्राम प्रसाद थारुले लक्ष्मणणघाट माबिमा रहेको मतदान स्थलबाट मतदान गर्नुभएको छ ।
पुर्ब मन्त्रि एवं प्रतिनिधि सभा १ का नया शक्ति पार्टीका उम्मेदार दान बहादुर चौधरिले मायादेबि गाउपालिका १ स्थिते श्री तिर्थ देबि छत्रपालि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  ३ : १८ बजे