१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शंकर पोखरेल भन्छन्, “प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैन”



दाङ, २१ मंसिर ।
नेकपा एमालेका नेता शंकर पोखरेलले प्रदेश नम्बर पाँचको मुख्यमन्त्रीमा आफ्नो विकल्प नभएको बताउनुभएको छ । दाङ क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा उम्मेदवार समेत रहनुभएका पोखरेलले आफूलाई मुख्यमन्त्री बनाउने औपचारिकता पूरा गर्न मात्र बाँकी रहेको बताउनुभएको छ ।
दाङको घोराहीमा पत्रकार संग कुराकानी गर्दै प्रचण्डको प्रस्ताव र पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन बनिसके पछि अब मुख्यमन्त्रीमा प्रक्रियाको हिसाबले औपचारिकता मात्र बाकी रहेको दाबी गर्नुभएको छ ।
सातवटा प्रदेशहरुमध्ये पाँच नम्बर प्रदेशको मुख्य मन्त्रीको लागि बामगठबन्धनको तर्फबाट आधारभूत रुपमा टुंगिएको उहाले बताउनुभयो । देशभर जस्तै दाङमा पनि एमाले र माओवादी मिलेर चुनाव लडेका थिए । पोखरेल दाङ क्षेत्र नम्बर २ (१)बाट प्रदेशसभामा र माओवादी नेता कृष्णबहादुर महरा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएको छ ।
नेता पोखरेलले दाङमा वाम गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित रहेको दावीसमेत गर्नुभएको छ ।
मध्यपश्चिममै दाङमा मात्र दुईवटा उपमहानगरपालिका भएको, सबैभन्दा सुरक्षित उपत्यका भएको, रुकुमदेखि मर्चवार र बर्दियादेखि नवलपुरसम्मको केन्द्रमा परेको, मानव बसोबासका लागि उपयुक्त भएको र भौतिक पूर्वाधार पनि भएकाले प्रदेश नम्बर ५ को राजधानी दाङ नै उपयुक्त भएको समते उहाले जिकिर गर्नुभएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  ३ : २४ बजे