१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

गुल्मीमा उत्साहपूर्ण ढगंले निर्वाचनमा सहभागीता



शिवलाल सुवेदी, गुल्मी २१ मसिंर ।
प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन गुल्मीमा शान्तिपूर्ण र उत्साहजनक ढगंले सम्पन्न भएको छ । २ प्रतिनिधी सभा र ४ प्रदेश सभाका लागि भएको निर्वाचनमा मतदाताहरुको उल्लेख्य सहभागीता रहेको छ ।
केही मतदानकेन्द्रहरुमा सामान्य छिटफुटका घटनाहरु घटेका भएपनि तुलनात्मक रुपमा निर्वाचन शान्तिपूर्ण ढगंले सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा भन्दा केही प्रतिशत कम मत खसेको भएपनि पहाडी जिल्ला गुल्मीमा प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागीता रहेको बताइएको छ ।
निर्वाचनमा धेरैभन्दा धेरै मतदाताहरुले चुनावमा सहभागीता जनाएको जिल्ला निर्वाचन कार्यलय गुल्मीले जनाएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार ६५ प्रतिशतभन्दा बढी मतदाताहरुले निर्वाचनमा मतदान गरेका छन ।
यता जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख एसपी अनुराग द्धवेदीका अनुसार मतदान कार्य सम्पन्न भएका सवै केन्द्रहरुवाट उच्च सुरक्षाका साथ मतपेटीका ढुवानी कार्य भैरहेको बताउनुभयो । उहाले आज राती अवेरसम्म सवै मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यलय सम्म आइपुग्ने बताउनुभयो ।
यस्तै गुल्मीवाट ३ जना पूर्व मन्त्रीहरुले मतदान गरेका छन । जिल्लाका फरक फरक मतदान केन्द्रहरुवाट पूर्व मन्त्री प्रदीप ज्ञवाली , गोकर्ण बिष्ट र पूर्व राज्यमन्त्री सुर्वण ज्वाराचनले मतदान गरेका हुन ।
यस्तै गुल्मीको मदाने गाउँपालिकामा १ सय ५ बर्षिय बृद्धले मतदान गर्नु भएको छ । मदाने गाउँपालिका ६ पुर्कोटदह पृथ्वी माध्यमिक बिद्यालयको ख केन्द्रवाट १ सय ५ बर्षिय मान कुमारी बृद्धले मतदान गर्नु भएको हो । उहा आफ्नै छोरा वाल बहादुर नेपालीको साहारामा भोट हालेर फर्कनु भएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  ३ : ३२ बजे