१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024

जीतको खुसीयालीमा बामगठबन्धनको विजयी ¥याली



कपिलवस्तु, मंसिर २६ ।
कपिलवस्तुमा स्पष्ट बहुमतको साथ चुनाव जितेका बामपंथी दलले सोमबार भव्य ¥याली निकालेका छन । विहिबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बामपंथी गठबन्धनले जिल्लामा स्पष्ट बहुमत हासिल गरेका छन ।
बामपंथी दलले जिल्लाका तीन प्रतिनिधि र ६ प्रदेशसभा मध्ये २ प्रतिनिधि सभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनाव जितेका छन । शुक्रबार देखि जारी मतगणना आइतबार साझ सम्म सबै क्षेत्रको सम्पन्न भएको थियो । चुनावमा स्पष्ट बहुमत हासिल गरेको खुसीयालीमा बामपंथी दलले आज जिल्लाका विभिन्न स्थानमा बाजागाजा सहित भव्य विजयी ¥याली निकालेका छन ।
संयुक्त बामगठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नम्बर १ ले सयौ नेता तथा हजारौँ सर्वसाधारणको उपस्थितका विच विजयी ¥याली निकालेको छ । ¥यालीमा प्रतिनिधिसभा १ का निर्वाचित सासंद चक्रपाणी खनाल बलदेव, प्रदेशसभा १ का प्रदेश सांसद विष्णु पंथी र प्रदेशसभा २ का उम्मेदवार फैजल खाको उपस्थिती थियो ।
जीतपुर चारनम्बर चोकबाट शुरु भएको ¥याली पिपरा हुदै शुद्धोधन गाउँपालिकाको लवनी हुदै शिवलवा पुगि पुन पकडी हुदै अलिगढवा बोर्डर सम्म पुगेको थियो । यता ¥यालीले कपिलवस्तु नगरपालिकाको जमुवार हुदै पचेहरा, वाणगंगा नगरपालिकाका ओदारी, हथौसा, गजेहडा, कोपवा, मोतीपुर, भलवाड लगायतका स्थानको परिक्रमा गरेको थियो ।
यस्तै भलवाड ९ मा संयुक्त बाम गठबन्धनका कार्यकर्ता,शुभेच्छुकहरुले जिनुवामा नेपालको राष्ट्रिय झण्डा बनाई त्यसमा दिपावली गरेका छन् । त्यहाँ संयौको सख्यामा संयुक्त बाम गठबन्धनका कार्यकर्ता,शुभेच्छुकहरु भेला भई विजय उत्सव मनाई रहेको भलवाडबाट सहकर्मी बाबुराम रायमाझीले खबर पठाउनु भएको छ ।
उता प्रतिनिधिसभा तीनको प्रदेशसभा १ का नवनिर्वाचित प्रदेश सांसद अर्जुन केशीको जीतको खुसीयालीमा संयुक्त बामगठबन्धन निर्वाचन परिचालन कमिटीले क्षेत्र नम्बर ३ मा पनि ¥याली निकालेका छ । ¥यालीले चन्द्रौटा, शिवपुर, खैरेन्द्रपुर, बहादुरगञ्ज लगायतको स्थान परिक्रमा गरेको थियो ।
यसैगरि संयुक्त बामगठबन्धन निर्वाचन परिचालन समिती क्षेत्र नम्बर २ को अगुवाईमा प्रतिनिधिसभा २ र प्रदेशसभा १ र २ मा निर्वाचित सांसदहरुको साथ आइतबार नै आफ्नो क्षेत्रमा भव्य विजयी जुलुस निकालेका छन । प्रतिनिधिसभा २ का सासंद वृजेश कुमार गुप्ता, प्रदेश सासंद दीर्घनारायण पाण्डे र धर्मबहादुर लाल श्रीवास्तव सहितका हजारौ नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकले जितको खुसीयालीमा भव्य विजयी ¥याली निकाल्नुभएको हो ।
यसैगरि कपिलवस्तुको प्रतिनिधिसभा ३ र सोही क्षेत्रको प्रदेशसभा २ जितेको नेपाली कांग्रेसले पनि विजयी ¥याली निकालेको छ । प्रतिनिधिसभाका सासंद अभिषेक प्रताप शाह र पं्रदेश सांसद विरेन्द्र कानोडियाको जीतको खुसीयालीमा कांग्रेस नेता तथा कार्यकर्ताले पनि भव्य विजयी ¥याली निकालेका छन ।

प्रकाशित मिति : २६ मंसिर २०७४ मंगलबार ००:००  १ : ५८ बजे