६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

पाचौं दिनमा प्रतिक्षा बाहिरिइन



कपिलवस्तु, २८ मंसिर ।
“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता ” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ मा सातौं कपिलवस्तु डान्स आइडल रोचक बन्दै गएको छ । वुधवार भएको प्रतिष्पर्धामा प्रतिक्षा क्षेत्री बाहिरिएकी छन । अब विहिवार मोनिका हमाल, निरुवा कुवँर, सुजन परियार, सनिला कार्कि, दिव्या थापा, अशोक जि.शी., दिव्यासा सेन, शुसिल सुर्य वंशी, एलिसा सारु, ऐश्वर्या पौडल विच रोचक प्रतिष्पर्धा हुने डान्स आइडल संयोजक अमृत केशीले जानकारी दिनु भयो ।
डान्स आइडलको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ दोस्रो पुरस्कार ३५ हजार ५ सय ५५, तेस्रो पुरस्कार २५ हजार ५ सय ५५ र सान्त्वना १० हजार ५ सय ५५ रुपियाँ रहेको संयोजक केशीले बताउनुभयो । आइडलको मुख्य प्रायोजकमा वुद्धभुमि मल्टिटे«डस वाणगंगा नपा ४, सहप्रायोजकमा ए.एस ईलेक्ट्रीकल्स बानपा रहेको छ ।
त्यस्तै डान्स आइडल प्रथम पुरस्कार आर्शिवाद इन्टरप्राइजेज, द्धितीय पुरस्कार मित्रलाल कडेल, तृतिय पुरस्कार हिलवर्ट इङलिस बोडिङ स्कुल बानपा र सान्त्वना पुरस्कारमा श्रेष्ठ टेलरिङ बानपा १ र ४ रहेको आयोजकले जनाएको छ । डान्स आइडल विजेताको लागि ६० प्रतिशत जनताको भोट र ४० प्रतिशत निर्णायकको मुल्यांकन बाट दिइने छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०७४ बिहिबार ००:००  १ : ३४ बजे