१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पिक परियोजनाद्धारा प्राथमिक विद्यालयमा अवलोकन



कपिलवस्तु, २८ मंसिर ।
कपिलवस्तुमा समता र पहुँचका लागि संचालित पिक परियोजनाद्धारा विद्यालयमा अवलोकन गरिएको छ । कपिलवस्तुको मायादेवी र शुद्धोधन गाउँपालिकामा संचालित पिक परियोजनाले सहयोग गरेका विद्यालयमा एक कार्यक्रमकाबीच अवलोकन गरिएको हो ।
मायादेवी गाउँपालिका १ इमिलियामा रहेको प्राथमिक विद्यालयमा परियोजना अन्तरगत एक बर्षमा सम्पन्न गरेका कामको प्रगती समिक्षा तथा आगामी योजनाबारे छलफल गरिएको छ । छलफलका क्रममा विद्यालयमा शैक्षिक सामाग्रीको प्रयोग, विद्यार्थीको नियमितमा सुधार, तालिम पश्चात व्यवस्थापनमा सुधार जस्ता उपलब्धी देखिएको बताइएको छ ।
कार्यक्रममा आगामी दिनमा परियोजनाद्धारा संचालित हुने बहिनी शिक्षाका लागि दिदी कार्यक्रम, विद्यार्थीको सिकाई स्तर बृद्धिका लागि ज्ञान बाटिका कक्षा र विद्यालय बाहिर रहेका बालबालिकाको लागि विशेष कक्षा संचालन गरिने ग्लोबल एक्सन नेपालका श्रोत प्रशिक्षक गिता अर्यालले जानकारी दिनुभयो ।
अवालोकन तथा छलफल कार्यक्रममा प्राथमिक विद्यालय इमिलियका प्रधानाध्यापक गोविन्दशरण तिवारी, विद्यालयका फोकल पर्सन राधा पाण्डे, ग्लोबन एक्सन नेपालका वित्त तथा अनुगमन प्रमुख राजेन्द्र सापकोटा, बालसंरक्षण फोकल पर्सन सन्तोष महर्जन, पिक परियोजनाका टिम लिडर नारायण घिमिरे, श्रोत प्रशिक्षक सतेन्द्रमणी त्रिपाठी लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७४ बिहिबार ००:००  १ : ४५ बजे