६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

पाँच करोडको चिज उत्पादन



रसुवा, २९ मंसिर । गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा रु पाँच करोडभन्दा बढीको चिज ९याक०उत्पादन भएको छ ।

दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालका अनुसार जिल्लाको चन्दनबारी, गत्लाङ, लाङटाङ र धुन्चे केन्द्रबाट यस आर्थिक वर्षको गत याममा ३३ हजार ८८२ किलो चिज र ११ हजार ४१४ किलो मखन उत्पादन भएको छ । विगत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुँदै गएको छ ।

गत वैशाखदेखि कात्तिक १५ गतेसम्ममा रु पाँच करोड ९० लाख ४७ हजार बराबरको चिज उत्पादन भएको छ । उपभोक्ताको माग बढ्दै गएको छ । लाङटाङमा उत्पादित चिज स्थानीयस्तरमै खपत हुन्छ । अन्य क्षेत्रको चिज काठमाडौँस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारण लैनचौरमार्फत बिक्री–वितरण हुने गरेको चन्दनबारी केन्द्रका प्रमुख क्षेत्रबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ मंसिर २०७४ शुक्रबार ००:००  ७ : २२ बजे