१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बुटवलमा चौधौँ राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै



बुटवल, ३ पुस ।
बुटवलमा चौधौँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुदैछ । ‘संवृद्ध नेपाल निर्माणको आधार स्वदेशी उद्यमशीलताको विकास’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा पुस ६ देखि प्रद्धर्शनी सुरु हुने छ । रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा हुन लागेको प्रद्धर्शनीका लागि स्थल व्यवस्थापन, स्टल दर्ता लगायतका काम अन्तिम चरणमा पुगेका छन् ।

त्यसमा कृषिजन्य, हस्तकला, ठूला औद्योगिक प्रतिष्ठान, वैकल्पिक उर्जा, गार्मेन्ट, खाद्यान्न, सुचना प्रविधि, बैंक तथा कन्सल्टेन्सी, छाला जुत्ता चप्पल, फर्निचर, बेकरी, होटल लगायतका ५ सय स्टल रहनेछन् । उद्योगी र उत्पादकको सोझो सम्बन्ध स्थापित गर्न भन्दै आयोजित प्रद्धर्शनीमा नियमीत प्रद्धशर्नीसंगै उद्योगीको अवसर र चुनौति पत्ता लगाउन औद्योगिक गोष्ठी, कार्यशाला, अन्तरक्रिया लगायत आयोजना हुनेछन् ।

मनोरञ्जनका लागि नियमीत साँस्कृतिक कार्यक्रम, गायन प्रतियोगिता, प्रद्धर्शनी आइडल, बाल उद्यान सञ्चालन, राष्ट्रिय भलिबल प्रतियोगिता समेत संचालन हुनेछन् । पर्यटन प्रवद्धन गर्न बुटवल – लुम्बिनी टुर प्याकेज, पर्यटन सुचना केन्द्र स्थापना हुनेछ । पुस १८ सम्म चल्ने प्रदर्शनीबाट ६ लाख बढी दर्शक र २० करोड रुपैया बढीको आर्थिक कारोबार हुने लक्ष्य लिएको रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले बताउनुभयो ।

प्रकाशित मिति : ३ पुस २०७४ सोमबार ००:००  १ : ३६ बजे