१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

अव आर्थिक समृद्धिमा जुटौँ अध्यक्ष : राणा



शरद रेग्मी, दाङ ४ पुस ।
तुलसीपुर उद्योग वाणिज्य संघ पच्चिसौं बर्षमा प्रवेश गरेको छ । पच्चिसौं बर्ष प्रवेश संगै संघले भव्य र सभ्य रुपमा रजत महोत्सव समेत मनाएको छ । रजत महोत्सवको उद्घाटन मन्तव्यका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अव मुलुकले आर्थिक समृद्धिमा अघि बढ्न व्यवसायीहरुलाइ आग्रह गरेकी छिन् । मुलुकले करीव सात दशक राजनितिक आन्दोलनमा वितायो, आर्थिक समृद्धि भने हुन सकेन तर अव मुलुकले स्थाई सरकार पाउने अपेक्षा गर्दै अव आर्थिक समृद्धिले मुलुकको मुहार फेरीनुपर्ने उनको भनाई थियो ।
‘पछिल्लो एक दशकको शशत्र द्धन्द्ध र पछिल्लो समयमा देखिएको स्थाई सरकारको अभावका कारण हामी व्यवसायीहरु धेरै मारमा परेका थियौं, तर अव संघात्मक संविधान कार्यान्वयनको अन्तिम संघारमा छ, अव हामीले मुलुकलाइ आर्थिक रुपमा समृद्ध गराउन आवस्यक छ’—राणाले भनिन् । साथै उनले अव आम व्यवसायीहरुलाई भय रहित वातावरणमा व्यवसाय गर्ने वातावरणको व्यवस्थापन गर्न पनि उनले आग्रह गरीन् ।
दलहरुले आफनो घोषणा पत्रका मुलुकको आर्थिक बिकासका योजनाहरु अघि सारेको भन्दै नयाँ सरकार निमार्ण संगै त्यसलाई कार्यान्वयन गर्ने समय सिमा र स्पष्ट खाका प्रस्तुत गर्न आग्रह गरिन । मुलुकको बिकासका लागी कृषि, पर्यटन र जलविद्युतको विकास गर्नुपर्नेमा जोड दिदै राणाले त्यसका लागी सहकार्य गर्न निजि क्षेत्र तयार रहेको उनको धारणा थियो ।
मुलु्कमा ३ तहको निर्वाचत भएकोमा निजी क्षेत्र धेरै आशाबादि रहेको भन्दै अध्यक्ष राणाले अव मुलुकमा स्थीर सरकार बन्ने बताईन । स्थीर सरकार मार्फत मुलुमा देखिएको ब्यापार घाटाको अन्त्यका लागि स्वदेशि उत्पादनमा जो्ड दिनुपर्नेमा उनको भनाई रहेको थियो ।
यस्तै स्देशमै धेरै भन्दा धेरै युवाहरुलाई रोजगार दिएर नेपाली श्रमलाई नेपालकै बिकासमा लगाउनुपर्ने राणाले बताउनु भयो । राणाले अव दलहरुले भाषण मात्रै भन्दा पनी काम गरेर देखाउने वेला आएको तर्क गरिन । नेपाली जनताले नेताहरुको धेरै भाषण सुनि सके अव मुलुक समृद्ध भएको हेर्न चाहन्छन राणाको भनाई रहेको थियो ।
देश संघिएतामा गए संगै अव जनतालाई पाएक पर्ने ठाउँमा राजधानि तोक्नु पर्नेमा उनको जोड थियो । उनले प्रदेश नम्वर ५ को राजधानी राख्नका लागी सवै हिसावले उपयुक्त स्थान दाङ रहेको भन्दै दाङ बासिलाई राजधानि बन्नेमा बिश्वस्त हुन आग्रह गरिन ।
प्रतिनिधि सांसद केशी भन्छन्, अब विकास लहर आउँछ

सो अवसरमा बोल्दै बिशिष्ट अतिथि दाङ क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले अव देशमा बिकासका लहरहरु आउने बताए । भर्खरै सम्पन्न भएको निर्वाचनमा जनताले बाम गठवन्धनलाई बिकास र समृद्धिका लागी भोट दिएर बिजयी बनाएको भन्दै अव आफनो ध्यान त्यसमै केन्द्रित रहने बताए । केसीले दाङ जिल्लाको बिकासलागी दाङ उपत्यकामा चार लेनको रिङ रोड बनाउने र माडिको पानी ग्वार खोलामा ल्याई पचास मेगावाट बिद्युत उत्पादन र दाङको सिचाइ गर्ने मुख्य एजेण्डा रहेको स्पष्ट पारे ।
आफुले यो कुरा निर्वाचनका वेला पनी उठाएको भन्दै पुरा गराउनका लागी अहोरात्र लागि पर्नेमा जोड दिए । उनले भने चार लेन सडक कालोपत्रे र अन्य सडकलाई दुई लेनको बनाउदै कालोपत्रे गर्ने बताए । त्यसैगरि सो अवसरमा केसीले तुलसीपुर क्षेत्रको विकासका लागी तुलसीपुर उद्योग बाणिज्य संघले खेलेको भुमिकाको उच्च प्रंशसा गर्नुभयो । बाणिज्य संघ र संघका पदाधिकारिहरुले ब्यवसायीक हित र पश्चीम दाङको बिकासमा राम्रो भुमिका निर्वाह गरेको भन्दै त्यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  १ : ५५ बजे