४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

कृषि सहकारीको सार्वजनिक सुनुवाई तथा साधारण सभा सम्पन्न



कपिलवस्तु, १४ पुस ।
शुद्धोधन गाउंपालिका ५ हथिहवामा रहेको आशीष कृषि तथा सहकारी संथा लिमिटेडले वाािर्षक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम वडा कार्यालयमा सम्पन्न गरेको छ । संस्थाले वार्षिक रुपमा सम्पन्न गरेका माछापालन कार्यक्रम, पम्प सेट खरिद तथा वितरण तरकारी खेती, दाना निर्माण जस्ता कार्य गरेको सो अवसरमा जानकारी गराइएको थियो ।
साथै वार्षिक रुपमा सम्पन्न १४ लाख ६५ हजार १ सय बरावरको आयव्याय समेत प्रस्तृत गरिएको थियो । व्यवसायिक कृषि तथा व्यापार आयोजना संगको साझेदारीमा सहकारीले विभिन्न कामहरु गर्दै आएको समेत जानकारी गराइएको थियो ।
सो अवसरका निर्वाचन क्षेत्र नं १ का प्रदेश सभा २ का सदस्य सहसराम यादवले किसानहरुको जिवन स्तरमा बुद्धि गर्नको लागी कृषि तथा सिंचाई क्षेत्रमा लगानी गर्नुपर्ने वताए ।
उक्त कृषि क्षेत्रमा विकास गर्नको लागी आफुले पहल तथा विभिन्न निकायहरु सम्पर्क समन्वय गरेर जाने बताए । साथै कपिलवस्तु कृषि प्रधान जिल्ला भएकोले व्यवसायिक कृषि तर्फ लाग्नको लागी आफुले पहल गर्ने समेत बताए ।
सहकारीका अध्यक्ष राम नेवास वरईको अध्यक्षता र प्रदेश सभा सदस्य सहसराम यादवको आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष हरिहर यादव, वडा सचिव प्रहलाद प्रसाद यादव लगायतले वोलेका थिए । कार्यक्रमको संचालन जितबहादुर यादवले गरेका थिए ।

 

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  १ : २४ बजे