२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मालिकाको केन्द्र विबाद मिल्यो



शिवलाल सुवेदी, गुल्मी ।
मालिका गाउँपालिकाको केन्द्रको बिबाद टुङ्गिएको छ । गाउँपालिकाको केन्द्र सार्ने छलफल हुदाँ विवाद भएको मालिका गाउँपालिकाको केन्द्रको विवाद मिलेको हो ।
केन्द्रकै बिषय समाधान गर्न बसेको मालिका गाउँपालिकाको बिशेष सभाले सैरे पोखरा र ठुलीचौरको मध्ये भागमा केन्द्र राख्ने निर्णय गरेपछि विवाद समाधान भएको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । मालिका गाउँपालिकामा आठ वटा वडा रहेका छन् । अर्जे, छापहिले, घमिर र दर्लिङ्गले मालिका गाउँपालिकाको केन्द्र सैरे पोखरा हुनुपर्छ भनेर माग गरेका थिए । भने अर्खबाङ्ग, ह्वाङदी र नेटाले केन्द्र ठुलीचौर नै राख्नुपर्ने अडान राख्दै आएका थिए । केन्द्रको बिषयमा मरभुङ्ग भने तटस्थ देखिएको थियो ।
केन्द्रको बिबाद बढ्दै गएपछि मंगलबार केहिबेर गाउँपालिकाको कार्यालयमा तालाबन्दी समेत भएको थियो । बिबाद समाधान गर्न बिशेष सभाले गाउँ कार्यपालिकालाई सैरे पोखरा र ठुलीचौरको बिचमा केन्द्र तोक्ने अख्तियारी दिएकाले अव बस्ने बैठकले निर्णय गर्ने मालिका गाउँपालिकाका कार्यकारी अधिकृत लेखनाथ पोखरेलले बताए । मालिका गाउँपालिकाको बैठक गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
गाउँपालिका प्रमुख थापाले केन्द्रको बिबाद समाधान भएकाले अब विकास र समृद्ध मालिका बनाउने योजनाका साथ अगाडी बढ्न सवैलाई आग्रह गरे । ‘केन्द्र नजिकै होस भन्ने सवैको इच्छा रहन्छ, तर अन्याय गर्नुहुँदैन,’उनले भने,‘केन्द्रको निकास आएकाले अव सवै विकासमा लागौ ।’
उनका अनुसार गाउँपालिकाको केन्द्र ठुलीचौर नजिकै सार्ने छलफल चलेकै आधारमा केही स्थानीयवासीहरुले विरोध गरेजस्तो आफुहरुले धेरै टाढा केन्द्र लान नहुने तर्क गदै आएको बताए । हामीले अहिले सञ्चालन भैरहेको केन्द्र अलिकति साघुरो स्थान भएकाले नजिकै सार्ने गरि तयार भएको थियो उनले भने‘ तर स्थानीयवासीहरुले धेरै टाढा जादै छ रे भनेर विरोध गर्नुभयो ।’

 

प्रकाशित मिति : १४ पुस २०७४ शुक्रबार ००:००  २ : ५५ बजे