२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

भालुवाङमा पुस २८ गते देखि महोत्सव सञ्चालन हुने



सन्तोषकुमार गुप्ता, भालुवाङ १५ पुस ।
देउखुरीको भालुवाङमा पुस २८ गते देखि माघ ७ गते सम्म दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सव २०७४ सञ्चालन हुने भएको छ । इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थीत निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन हुन लागेको आर्थिक समितिका संयोजक रमेश खनालले जानकारी दिएका छन् ।
क्लवको भवन निमार्णका लागि महोत्सवको आयोजना गर्न लागिएको आयोजकले बताएको छ । १० दिन सम्म लाग्ने महोत्सवमा राप्ती अञ्चलको शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिईएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
दोस्रो राप्ती कृषि पर्यटन औद्योगीक तथा व्यापारीक महोत्सवमा जिल्लाको ऐतिहासिक कला, संंस्कृति र भाषा सहितको झाँकी प्रदर्शन गरिने अपेक्षा गरिएको छ । यस्तै १० दिन सम्म संचालन हुने महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकल गर्ने र १० करोड बराबरको कारोवार हुने अनुमान गरिएको छ । महोत्सवमा १ सय ५० भन्दा बढी स्टलको संख्या रहने र विभिन्न खालका प्रतियोगिताहरुको समेत प्रतिस्पर्धा गराईने आयोजकले बताएको छ ।
राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि पनि राप्ती नदीमा ¥याप्टिङ, हस्तकला प्रदर्शनी,कृषि प्रदर्शनी लगायत अन्य थुप्रै आकर्षणहरु महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय,राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले बताएको छ । महोत्सवलाई सफल पार्न महोत्सव आयोजक मुल समितिले विभिन्न क्षेत्रमा काम गर्ने गरी उप–समितिहरु समेत गठन गरेको छ ।
जस अनुसार विधानचन्द्र अधिकारीको संयोजकत्वमा आर्थिक उपसमिति, रमेश खनालको संयोजकत्वमा व्यवस्थापन उपसमिति, विनोद जिसीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, दिपक पुनको संयोजकत्वमा साँस्कृतिक उपसमिति, भिमबहादुर मरासिनीको संयोजकत्वमा प्रायोजक उपसमिति, श्रीधर जिसीको संयोजकत्वमा स्वम्सेवक उपसमिति, सन्तोषकुमार योगीको संयोजकत्वमा सचिवालय समिति, तुल्सा विष्टको संयोजकत्वमा अतिथि सत्कार उपसमिति र जिवन शर्माको संयोजकत्वमा विवाद समाधान उपसमिति गठन गरेको छ । यसैबीच शुक्रवार बसेको क्लवको तयारी बैठकले पुस १५ गते शनिवार आज सरोकारवालाहरु सँग वृहत छलफल गर्ने, पुस १७ गते पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराउने आयोजकले बताएको छ ।

प्रकाशित मिति : १५ पुस २०७४ शनिबार ००:००  १२ : २७ बजे