४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

वडा अध्यक्षको निधन प्रति मालारानी शोकमा



नविन केसी, अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको मृत्युले मालारानी शोकमा डुबेको पालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले बताउनुभयो । शुक्रबार एक शोक बक्तव्य जारी गर्दै कार्यपालिका सदस्य चौहान मालारानीको आशा तथा भरोसाको केन्द्र भएको र उहाँको निधनले मालारानीलाई ठुलो क्षति भएको भन्दै चौहानले देखाएको बाटोमा सदैब लाग्ने समेत उल्लेख गर्नु भएको छ ।
उहाँका अधुरा सपना पुरा गर्न पालिका लागीपर्ने प्रतिबद्धता जनाउनुभएको छ । दिबगंत चौहान प्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दे शोकाकुल परिवारजनप्रति गहिरो सम्बेदना अर्पण गर्नु भएको छ ।
चौहान गत मंसिर २६ गते अर्घाखाँचीबाट बुटवलतर्फ जादै गर्दा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो । मोटरसाइकलमा सवार उहालाई दुधबोक्ने गाडीले ठक्कर दिएको थियो ।
बुटवलमा उपचार हुन नसकेपछि चौहानलाई तत्काल भरतपुर मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा बिहिबार चौहानको निधन भएको थियो । वडाध्यक्षमा विजयी हुनुभएका चौहान खनदहमा विकासप्रेमी नेताको रुपमा चिनिहुन्थ्यो ।
उहाँ नेकपा एमाले जिल्ला सचिवालय सदस्य समेत रहनुभएको थियो । छोरा दुर्घटनामा परेको खबरले बेहोस भएका ८० वर्षीय बावु तकबहादुरको मंसिर २८ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ पुस २०७४ शनिबार ००:००  ३ : ५१ बजे