१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरियामा पनि एमालेका गतिविधि बढ्दै, प्रवासी मंच बुसान किमे शाखामा नयाँ नेतृत्व



शिब भुसाल, (बुसान), ३१ डिसेम्बर ।
प्रवासी नेपाली मंच दक्षिण कोरिया बुसान किमे शाखाको पाँचौ क्षेत्रिय अधिवेशन आईतवार सम्पन्न भएको छ । अधिवेशनले हरि थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।जसको उपाध्यक्षहरुमा त्रय सन्तोस वराल, उमेश, राई र रमेश श्रेष्ठ त्यस्तै सचिवमा तगेन्द्र राई, सह सचिवमा अच्युत थापा, कोषाध्यक्षमा निर्मल न्यौपानेलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा जिपी ज्ञवाली, हरि पसाद पराजुली, दिनेश दाहाल र चन्द्र वहादुर तामागं चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथी पर्शुराम सापकोटाले प्रवासमा रहेका युवाहरुको नेपाली राजनितीप्रतीको चिन्ता रहनु स्वभाविक रहेको भन्दै थप सक्रीय भएर लाग्न आग्रह गरे । कार्यक्रममा कोरियाको किमे नगरपालीकाका सांसद तथा कोरियाको संतारुढ दलका क्षेत्रिय अध्यक्ष मिन हुङ् छलले कोरियाको आप्रवासी निती सम्बन्धी जानकारी गराएका थिए ।
कार्यक्रममा संघका क्षेत्रिय अध्यक्ष मिनराज पोख्रेलले राजनैतीक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालको आर्थिक विकाशमा प्रवासमा रहेका युवाहरुको योगदान रहनुपर्ने भन्दै सक्रिय रहन युवाहरुलाई अपिल गरे ।
कार्यक्रममा केन्द्रिय सल्लाहकारहरु यज्ञराज सुवेदी, शंकर वस्नेत, ओएन एफका केन्द्रीय उपाध्यक्ष टिकाराम उपाध्याय, महासचिव श्रमदिप चौलागाई, पत्रकार महासंघ कोरियाका अध्यक्ष खेम कार्की, समाजसेवी एलवि विष्ट, एनसिसि बुसानका अध्यक्ष संगित अधिकारी, एनआरएनए बुसानका कार्यवाहक अध्यक्ष राजकुमार गिरी, ओएनएफ बुसानका क्षेत्रिय ईन्चार्ज ठगेन्द्र न्यौपाने, गजेदो क्षेत्रिय अध्यक्ष शंकर भुसाल, थेगु अध्यक्ष रोसन घिमिरे, रविन राई लगायतले बोलेका थिए ।
संघका सचिव तुल्सी चौधरीको सञ्चालन रहेको कार्यक्रम अध्यक्ष पोख्रेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  २ : ५७ बजे