२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

विकसित शिक्षाका लागि लगानीको खाँचो पर्दैन- खनाल



पार्वती पाण्डे, कपिलवस्तु, माघ ।
गुणस्तरीय एवं विकसित शिक्षाका लागि अव लगानीको खाँचो नपर्ने कपिलवस्तु क्षेत्र नं १ का प्रतिनिधि सांसद चन्द्र प्रकाश खनाल (वलदेव) ले बताउनु भएको छ । शनिवार सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तुको २६औं वार्षिकोत्सव तथा आठौं क्याम्पस सभाको समुद्घाटन गर्दै सांसद खनालले यस्तो बताउनु भएको हो । शिक्षाले नै सबैको आँखा खोलीदिने हुदा गुणस्तरीय शिक्षाका लागि अब राज्यलेले लगानी नलगाई सुखै छैन् उहाँले भन्नुभयो । अबको शिक्षा वेरोजगारको शिक्षा होइन, सिपमुलक उत्पादनमुलक शिक्षा हुनु जरुरी रहेको भन्दै यस क्याम्पसले चालेको कदम सकारात्मक भएको उहाँले जनाउनु भयो । क्याम्पसको विकासका लागि सहयोग गर्न आफु सधै तम्तयार रहेको उहाँले स्पष्ट पार्नु भयो । कार्यक्रममा पुर्व मन्त्रि दिपकुमार उपाध्यायले क्याम्पसको प्रगतिको शुभकामना दिनु भयो । क्याम्पसलाई आफ्नो तर्फ बाट सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो ।
त्यस्तै कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थिले सिद्धार्थ क्याम्पस यस क्षेत्रकै शैक्षिक धरोहरका रुपमा स्थापित भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा युग र आवश्यकता अनुसार प्राविधिक शिक्षाको विशेष योजना अगाडि बढाएकोमा क्याम्पस प्रति धन्यवाद व्यक्त गर्नु भयो । क्याम्पसले रजतजयन्ती मनाउनु कपिलवस्तुवासीको लागि गौरव भएको भन्दै क्याम्पसको विकास गर्न लागि आफु सदैव लागिरहने जनाउनु भयो । त्यस्तै कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले शैक्षिक विकासका लागि नगरपालिकाले पुर्ण सहयोग गर्ने स्पष्ट पार्नु भयो । सभामा क्याम्पस प्रमुख वालाराम ज्ञवालीले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनलाई सभाले सुझाव सहित पारित गरेको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता, उपाध्यक्ष रबिबहादुर काफ्लेको स्वागत, क्याम्पसका प्राध्यापक रोमाकान्त घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डे, कपिलवस्तु सञ्चार सहकारीका अध्यक्ष पोमनारायण पौडेल, वडा नं १ का वडा अध्यक्ष वालकुमारी पन्त लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७४ आइतबार ००:००  १ : ५१ बजे