१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ज्योतिको धमाकामा झुमे दर्शक



मायादेवी अनलाइन, नारायणपुर ।
नारायणपुरमा जारी महोत्सवमा रौनकता बढ्दै गएको छ । माघ १२ गतेदेखी सुरु भएको महोत्सवमा मंगलवार सम्म आईपुग्दा रौनकता बढेर गएको छ । मंगलवार महोत्सवमा १५ बजार बढि दर्शहरुको सहभागिता रहेको थियो । जिल्लाभर एवं छिमेकी जिल्लाबाट पनि दर्शकहरु महोत्सवमा आएको आयोजक नारायणपुर उद्योग वणिज्य संघका अधध्यक्ष एवं आयोजक मूल समितिका संयोजक महेन्द्रकुमार दाहालले जानकारी दिएको छ । नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा मंगलवार हजारौको सहभागितामा महोत्सव स्थल फुल भएको थियो ।

मंगलवार गायीका ज्योति मगरको प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी थिईन् । ज्योतिको धमाकाले दर्शकहरुलाई झुमाएको थियो । दिउसो करिब ३ बजे स्टेच चढेकी ज्योतिले ५ बजेदेखी साढे ६ बजेसम्मद प्रस्तुति राखेकी थिईन् । वान् पिस कालो कपडामा रहेकी ज्योतिले जेक्ससँगै प्रस्तुति राखेकी थिईन् । उनले आफ्ना चर्चीत गितहरु प्रस्तुत गरेकी थिईन् । ज्योतिले ‘उही मुलाको सिन्की उही मुलाको चाना, चानचुने त कहाँ होर जिम्मल बाउकी छोरी, सुर्खेत बुलबुले ताल नाचौला मादलु तालैमा, नयनमा गाजल कालै राम्रो, बबाल छ’ लगायत बोलका गीतहरु प्रस्तुत गरेकी थिईन् । उनको प्रस्तुतिमा युवादेखी बृद्धसम्म झुमेका थिए ।

मंगलवार लोकदोहोरी गायक एवं मोडल सन्दिप न्यौपानेले पनि दर्शकहरुलाई खुबै नचाए । उनले पनि आफ्ना लोकप्रीय गीतहरु प्रस्तुति गर्दै दर्शकहरुलाई नचाएका थिए । उनले ‘दिल मेरो चोरीलग्यो पुलिसवालाले, दिल चोरेको सजाय हुनेभा लैजा मलाई जेलमा, धुलो उडे मै पानी छम्कीम्ला, जय शिव बमबम भोला’ बोलका गीतहरु प्रस्तुत गरेका थिए । यस्तै गायक एवं संगीतकार यादव योगीले ‘नाईनाई नभने मायाले, मेरो दाङ मेरो देउखुरी’ लगायत बोलका गीत प्रस्तुत गरेका थिए ।

मंगलवार गायक सरद समीप, टोपेन्द्र विष्ट, हास्य कलाकार राजु विक लगायत वि फ्रिडम डान्स एकेडेमीको नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजिकरण लोकदोहोरी गायीका एवं मोडल रुपा घर्ति मगरले गरेकी थिईन् ।
महोत्सवमा व्यापारिक, पर्यटन, कृषी एवं अन्य स्टलहरु रहेका छन् । । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेका छन् ।
महोत्सवमा प्रवेशकालागि ५० रुपैयाको टिकटको व्यवस्था गरिएको छ । टिकटमा विद्यार्थीहरुका लागि विशेष छुटका सहित ७५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक एवं क र ख वर्गको परिचयपत्र भएका अपांगहरुका लागि निशुल्क प्रवेशकालागि फोटो सहित पास उपलब्ध गराईएको छ ।

वुधवारका कलाकारहरु
नारायणपुर महोत्सवका वुधवार हास्यकलाकार कमल गाँउले सहितका कलाकारहरुको प्रस्तुति रहने छ । वुधवार गाउलेसँगै लोकदोहोरी गायक चन्द्र शर्मा, लोकदोहोरी गायीका कला लम्साल, विजय पुन, सरद समीप, टोपेन्द्र विष्ट, गोमा रिजाल, मनोज गोपाल लगायतको प्रस्तुति रहने महोत्सवमा सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिनुभयो । साथै दंगाली कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

प्रकाशित मिति : १७ माघ २०७४ बुधबार ००:००  २ : १९ बजे