११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

अंग्रेजी माध्यम प्रति सामुदायिक विद्यालयको आकर्षण



मायादेवी अनलाइन, नवलपरासी ।
केही वर्षयता अध्ययनका लागि नवलपरासीका सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । सरकारी स्वामित्वमा रहेका सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्ययमा पढाइ शुरु गरेपछि ती विद्यालयहरुमासमेत विद्यार्थीको आकर्षण बढेको हो ।

नवलपरासी– (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी –(बर्दघाट सुस्ता पश्चिम) दुबै जिल्लाका करिब ५० प्रतिशत सामुदायिक विद्यालयले अहिले अंग्रेजी माध्यममा पठाइ शुरु गरिसेकेको जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कुमालले जानकारी दिनुभयो ।

विद्यालयको स्तर र स्रोत साधनअनुसार न्यूनतम कक्षा १ देखि कक्षा ८ सम्म अंग्रेजी माध्ययममा सामुदायिक विद्यालयहरुमा पठनपाठन भइरहेका छन् । पछिल्लो पटक निजी विद्यालयमा विद्यार्थीको मोह हुने र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएका कारण पछि नवलपरासीका पनि केही सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पढाइ शुरु गरेपछि यसले ब्यापकता पाउदै गएको हो ।

प्रकाशित मिति : १७ माघ २०७४ बुधबार ००:००  २ : ५२ बजे