५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

स्थानीय बासिन्दाद्धारा क्याम्पसलाई जग्गा दान



रामपुर, पाल्पा, १९ पुस ।
पाल्पाको दर्छा क्याम्पस सञ्चालनका लागि रामपुरका बासिन्दाले तीन रोपनी जग्गा दान गरेका छन् ।

रामपुर नगरपालिका–३, रजघरा बस्ने धनकुमारी खनाल, छोरा ईश्वरी र बुहारी इन्दिराको परिवारले यदुनाथ खनालको सम्झनामा क्याम्पसका लागि जग्गादान गर्नुभएको छ ।

नगरपालिका—३ मा रहेको कित्ता नं ९०१ को तीन रोपनी १५ आना शून्य पैसा तीन दाम क्षेत्रफलको जग्गा दर्छा क्याम्पस सञ्चालनका लागि दान गरिएको स्व खनालकी श्रीमती धनकुमारीले बताउनुभयो ।

प्रकाशित मिति : १९ पुस २०७४ बुधबार ००:००  १ : २० बजे