मायादेवी अनलाइन, कपिलवस्तु ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुले कलाकार अक्षय कोषको स्थापना गरेको छ । यस बर्षको देउसी भैलोबाट उठेको रकमबाट १० हजार बराबरको कलाकार अक्षय कोष स्थापना गरेको प्रतिष्ठानका जिल्ला अध्यक्ष थानेश्वर अधिकारीले जानकारी दिनुभयो । नेपाली लोक तथा दोहोरी गीतको प्रंर्वद्धन र संरक्षणमा क्रियाशिल प्रतिष्ठानले स्थापना गरेको कलाकार अक्षय कोषले जिल्लाका कलाकार खुसी भएका छन ।
यसै विच प्रतिष्ठानले शनिबार नै जिल्ला कार्यालयको पनि उद्घाटन गरेको छ । कपिलवस्तुको जीतपुर चारनम्बरमा अवस्थित जिल्ला समितिको कार्यालयको उद्घाटन गरिएको प्रतिष्ठानका अञ्चलन सहकोषाध्यक्ष पूर्णचन्द्र परियारले जानकारी दिनुभयो । कार्यलयको प्रतिष्ठानका प्रदेश नम्बर ५ का संयोजक लक्ष्मण खड्का र पूर्व केन्द्रिय सदस्य नारायण भुसालले एक कार्यक्रमका विच गर्नुभएको हो ।
साथै राजापानीमा भएको एक कार्यक्रममा स्थानीय कलाकारलाई सम्मान पनि गरिएको छ । उक्त अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रदेश संयोजक लक्ष्मण खड्काले प्रतिष्ठान कपिलवस्तुले गरेको काम निकै सरहानिय भएको बताउनुभयो ।
पूर्व केन्द्रिय सदस्य नारायण भुसालले नेपाली लोक गीत र लोक संस्कृतीको जर्गेनाका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
अञ्चल सह कोषाध्यक्ष पूर्णचन्द्र परियारले जिल्ला भित्र रहेका स्थानीय कलाकारहरुलाई सम्मान गर्न पाउँदा आफुलाई खुसी लागेको बताउनुभयो । उक्त अवसरमा नेपाल पत्रकार महासंघका जिल्ला सचिव हरी अधिकारीले आफ्नो तवरबाट प्रतिष्ठानलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
प्रतिष्ठानका जिल्ला दृतिय उपाध्यक्ष महेश घिमिरेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव सन्तोष विश्वकर्माले गर्नुभएको थियो ।
२३ पुस २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया