१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

नेपाल निर्माण मजदुर संघको कार्यालय उद्घाटन



चुरामणि अर्याल, कपिलवस्तु २५ पुस ।
इलेक्ट्रिक एण्ड पलम्बरसँग आबद्ध नेपाल निर्माण मजदुर संघ (स्वतन्त्र) कपिलवस्तुको आज एक भब्य कार्यक्रमकाबिच कार्यालय उद्घाटन गरीएको छ । वाणगंगा–१ जीतपुर ईलाका प्रशासन कार्यालयदेखी उत्तर जाने बाटोमा रहेको चप्पा आचार्यको घरमा कार्यालय खोलिएको हो । ईलेक्ट्रीक एण्ड पलम्बर लगाएर संम्पूर्ण श्रमिकहरुको छाता संघठनको रुपमा हालै मात्र सो संघठन गठन गरीएको थियो ।
कार्यक्रम संघका जिल्ला अध्यक्ष ईन्द्र पोख्रेलको अध्यक्षता,कपिलवस्तु ब्यापार संघका अध्यक्ष महादेव पोख्रेलको प्रमुख आतिथ्यता,नेपाल निर्माण मजदुर संघका क्षेत्रिय अध्यक्ष डिलाराम खनालको विशिष्ट आतिथ्यता,सचिव हिरण्यलाल वाग्ले लगाएत पदाधिकारी साथै तअल तालिम केन्द्र बुटवलका पलम्बर टेक्नीसियन पारस सुवेदी,शिव बिकास केन्द्रका बरिष्ट टेक्नीसियन जनक राज गौतम लगाएतको आतिथ्यता रहेको थियो ।
शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि पोख्रलले आफुले सक्दो सहयोग पु¥याउने बताउनुभयो । श्रमिकहरुको बिचमा सहयोग आदानप्रदान हुनुपर्ने र आप्mनो क्षमता बिकासपनि ध्यान पु¥याउनु पर्ने धारणा राख्नुभयो ।
कार्यालय उद्घाटन संगै अब जिल्लामा छरीएर रहेका सम्पूर्ण ईलेक्ट्रीक एण्ड पलम्बरंसंघ आबद्ध मजदुरहरु एक जुट हुने कुरामा सहभगीहरुले बिश्वास ब्यक्त गरेका थिए । सो अबसरमा ईलेक्ट्रीक सबओभरसीयर बाबुराम अर्याल,सल्लाहाकार समिति सदस्य हरी मल्ल, प्रदिप भुसाल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । मन्तब्य राख्ने अधिकांश बक्ताहरुले संस्था दिर्घकालिन हुनुपर्ने र मजदुरको हकहितमा काम गनुपर्ने धारणा राखेका थिए ।
दुई सय बढिको सहभागिता रहेको कार्यक्रममा उपाध्यक्ष बलराम खनालको स्वगत मन्तब्य,सचिव खिम बहादुर जिएम,कोषाध्यक्ष शिव ज्ञवालीको सहजीकरण र चुरामणि अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : २५ पुस २०७४ मंगलबार ००:००  २ : ५५ बजे