३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

मायादेबी गाउँपालिका वडा नं ४ पुर्ण भर्ना वडा घोषणा



दिपा महत, कपिलवस्तु, ९ माघ ।
कपिलवस्तुको मायादेबी गाउपालिका वडा नं ४ पुर्ण भर्ना वडा घोषणा भएको छ । सोमबार वडा नम्बर ४ को पिपरा स्थित हरिवंश प्रा.वि चाकडचौडामा एक कार्यक्रमको आयोजना गरी पूर्ण भर्ना वडा घोषणा गरिएको हो । वडा भित्रका ४ बर्षदेखी १२ बर्ष उमेरसमुहका सम्पूर्ण बालबालिका बिद्यालय भर्ना भएका छन् ।

कार्यक्रम गाउपालिकाका अध्यक्ष बजरंगीप्रसाद चौधरीको प्रमुख आतिथ्यता, उपाध्यक्ष गिता तिवारी, श्रोत ब्यक्ती रमेस पाण्डे, वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण नारायण तिवारी लगाएतको आतिथ्यता रहेको थियो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, युरोपियन युनियन, उईओल्ड अनलसलको आर्थीक सहयोग जिल्ला शिक्षा कार्यलय कपिलवस्तु र मायादेवी गाउपालिकाको समन्वयमा भएको कार्यक्रमको सञ्चालन सिद्धार्थ सामाजिक विकास केन्द्रका टिम लिडर (पिक परियोजना) अजय चौधरीले गर्नु भएको हो । कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यसमिती प्रकाश घिमिरेले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७४ मंगलबार ००:००  ३ : ०१ बजे