२३ मंसिर २०८१, आइतबार | Sun Dec 8 2024

वाणगंगा सामुदायिक पुस्तकालयको दोस्रो बार्षिक उत्सव



मायादेवी अनलाइन, कपिलवस्तु, ९ माघ ।
जीतपुर चारनम्बरमा अवस्थित वाणगंगा सामुदायिक पुस्तकालय दोस्रो बर्षमा प्रवेश गरेको छ । गत बर्ष सोमबार कै दिन बसन्त पञ्चमीको अवसरमा स्थापना गरिएको पुस्तकालय दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा भव्य कार्यक्रम गरिएको छ । सरस्वती पूजाको अवसरमा भएको उक्त कार्यक्रममा विभिन्न साहित्यनुरागीले विभिन्न रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा नम्बर १ कि वडा अध्यक्ष बालकुमारी पन्तले पुस्तकालयलाई आफ्नो र वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विष्णु घर्तीले पुस्तकालय स्थापनाको छोटो समयमा राम्रो चर्चा बुटुल्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । आफुले सकेजति पुस्तकालयलाई सहयोग गर्ने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रेडियो हटविर्ट अध्यक्ष कृष्ण प्रसाद भट्टराई, सिद्धार्थ क्याम्पस प्रमुख बालाराम ज्ञवाली, राजनीतिकर्मी कमल चुदाँली लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा कवि मोहन ज्ञवाली, लेखनाथ घिमिरे, विद्या बेल्वासे, बुद्धिसागर बेल्वासे लगातयले रचना बाचन गर्नुभएको थियो । उक्त अवसरमा पुस्तकालयको विषयबस्तुबारे वरिष्ठ छन्दबादी कवि तथा पुस्तकालयका सल्लाहाकार ऋषिकेशव भारद्धाजले प्रकाश पार्नुभएको थियो ।

पुस्तकालयका अध्यक्ष दिलिप कार्कीको अध्यक्ष, कार्यसमिति उपाध्यक्ष दोलक बहादुर पछाईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव धर्मराज घिमिरेले गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७४ मंगलबार ००:००  ३ : ०४ बजे