४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गाउँ–गाउँ सम्म महायज्ञका लागि सक्रियता बढ्दै



कुलराज भुसाल, कपिलवस्तु, ११ माघ ।
सिद्धार्थ क्याम्पसलाई जिल्लाकै उत्कृष्ट प्राविधिक शिक्षालयको रुपमा स्थापित गर्न रजत–महोत्सवको सन्दर्भ पारेर यहि माघ २६ देखि फाल्गुण ४ गतेसम्म आयोजना गर्न लागिएको ‘श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ’ भव्य एवं सभ्य रुपमा सफल पार्न गाउँ गाउँबाट स्थानीय सरोकारवालाहरु सक्रिय हुन थालेका छन ।
कपिलवस्तुमा उच्च स्तरिय प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षालयको आवश्यकता महशुस भईहरहेको अवस्थामा सिद्धार्थ क्याम्पसले प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्य सहित महायज्ञको आयोजन गर्न लागेकोमा हर्षित हुँदै महायज्ञलाई भव्य रुपमा सफल पार्ने जमर्को गर्दै बाणगंगा नगरपालिका वडा नं. ११ पटनाका स्थानीयले वडा स्तरिय महायज्ञ सहयोग समिति गठन गरेका छन ।
महायज्ञ मुल समारोह समितिका अध्यक्ष रबिबहादुर काफ्ले , उपाध्यक्ष बिमला घिमिरे र महासचिव बालाराम ज्ञवालीको उपस्थितिमा सम्पन वडा भेलाले विष्णु गौतमको संयोजकत्वमा वडा स्तरिय महायज्ञ सहयोग समिति गठन गरेकोछ । जसको सह–संयोजकमा कृष्णबहादुर सोमै रहनुभएकोछ भने सचिवालय सदस्यमा रामनक्षेत्र चौधरी , कासीराम थारु, शिवचन्द्र थारु, यमप्रसाद पोख्रेल, मिना शर्मा, धनिराम चौधरी , रामकृष्ण चौधरी र विरेन्द्र चौधरी हुनुहुन्छ । त्यस्तै सदस्यहरुमा निर्वाचित वडा सदस्य दिलकुमारी थापा, विन्दु वि.क. लगाएत हुनुहुन्छ । वडा भेला निर्वाचित वडा अध्यक्ष रामविहारी चौधरीको अध्यक्षता सम्पन्न भएको थियो ।
त्यसैगरि महायज्ञलाई सफल बनाई स्तरिय प्राविधिक शिक्षालयको रुपमा सिद्धार्थ क्याम्पसलाई स्थापित गर्न भन्दै बाणगंगा नगरपालिका वडा नं. ११ पनि वडा स्तरिय महायज्ञ सहयोग समिति गठन गरिएकोछ । निर्वाचित वडा अध्यक्ष एवं महायज्ञका बरिष्ठ उपाध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न भेलाले यमकला खत्रीको संयोजकत्वमा ११ सदस्यिय महायज्ञ सहयोग समिति गठन गरेकोछ ।
सिद्धार्थ क्याम्पसले प्राविधिक शिक्षा सञ्चालन गर्नको लागि महायज्ञ सञ्चालन गर्न लागेको खबर पाएर गाउँ–गाउँका जनताहरु निकै उत्साहित हुँदा बाणगंगा नगरपालिका अन्तरगतका ११ वटै वडामा वडा स्तरिय सहयोग समिति गठन गर्ने योजना रहेको क्याम्पस प्रमुख एवं महायज्ञका महासचिव बालाराम ज्ञवालीले जानकारी दिनुभएकोछ ।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ४ : ०१ बजे