१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

तुलसीपुरमा खरका छाना हटाउन टेण्डर आह्वान



मायादेवी अनलाइन, तुलसीपुर, माघ ।
तुलसीपुर उपमहानगरपालिकाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना गर्ने भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सरह सेवा दिने गरि तुलसीपुर उपमहानगरपालिकाको ग्रामिण क्षेत्र अश्वारामा केन्द्रको स्थापना गरिने भएको हो । उपमहानगरपालिकाको कार्यपालिका वैठकले यस्तो निर्णय गरेको प्रवक्ता श्याम डाँगीले वताएका छन् । केन्द्रमा मेडिकल अधिकृत डाक्टरको व्यवस्था समेत हुनेछ ।
यसैगरि तुलसीपुर उपमहानगरपालिकाले स्थानीय विकास निर्माणका सहजताका लागि खरिद गरेको जेसिवी, ट्रेक्टर लगायतका उपकरणको भाडादर निर्धारणका लागि पनि समिति निर्माण गरेको छ । कार्यपालिकाको वैठकले प्रवक्ता श्याम डाँगी र वडाध्यक्ष कुमार लामिछाने रहेको २ सदस्यीय कार्यसमिति समेत निर्माण गरेको छ ।
तुलसीपुर उपमहानगरलाई सफा र हराभरा नगर वनाउनका लागि फोहोर तान्ने मेसिन खरिद गर्ने समेत निर्णय गरेको प्रवक्ता डाँगीले वताए । यसैगरि तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण वडामा रहेका खरको छानाका घरहरु हटाउनका लागि टिन खरिद गर्न टेण्डर आह्वान गर्नका लागि समेत वैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७४ शुक्रबार ००:००  २ : १० बजे