२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

एन प्याव्सन कपिलवस्तु प्याव्सनमा विलय



बिकास थापा, कपिलवस्तु १२ माघ ।
प्याव्सन कपिलवस्तु जिल्ला कार्यसमितिको बैठक बुद्धभुमि नगरपालिको गोरुसिङ्गेमा सम्पन्न भएको छ । बैठकमा एनप्याब्सनका जिल्ला सचिव कृष्ण भट्राईको नेतृत्वमा एनप्याब्सनका २२ वटा बिद्यालय सदस्य प्याव्सनमा प्रबेश गरेका छन् । बैठक प्याव्सन कपिलवस्तुका अध्यक्ष नरेन्द्र भुषालको अध्यक्षतामा भएको हो । बैठकमा प्याव्सनका केन्द्रिय सचिव आरबी कटुवालको उपस्थिती रहेको थियोे ।

यस्तै राष्ट्रिय प्याव्सनका महासचिव राजेन्द्र बानियाले प्रवेश बिद्यालयका सदस्यहरुलाई टिका र माला लगाई संगठनमा प्रबेश गराउनु भएको प्याव्सन कपिलवस्तुका सचिव सुन्दर पाण्डेले बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय प्यावसनका बरिष्ठ उपाध्यक्ष जिके ढुङ्गानाले नीजी बिद्यालयहरुको आन्देलन सशक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १२ माघ २०७४ शुक्रबार ००:००  २ : ३२ बजे