२७ कार्तिक २०८१, मंगलबार | Tue Nov 12 2024

महाराजगंजका मेयर प्रायजसो अनुगमनमा



मायादेवी अनलाइन, कपिलवस्तु।
नगरको विकासका काम हेर्न कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका मेयर दैनिक जसो स्थलगत अनुगमनमा जाने क्रम थाल्नु भएकोछ । विभिन्न वडाहरुमा भैरहेका निर्माणाधिन योजनाको स्थलगत अनुगमन गर्न मेयर अब्दुल कलाम प्राविधिक टोलीसहित पुग्ने र कामको गुणस्तरवारे प्रत्यक्ष छलफल गर्ने गरेपछी राम्रो काम गरेका उपभोक्ता समिती खुशी भएका छन् भने कतिपय उपभोक्ता समिति समस्यामा पर्न थालेकाछन् ।
पछिल्लो समय विकासको गति उच्च हुनुपर्ने भन्दै महाराजगञ्ज नगरपालिकाका मेयर नै अनुगमनमा आउन थालेपछि उपभोक्ता समितिहरु काममा तात्एिकाछन् । नगरपालिकाले शिसवा, हरदौना, भलवारी, अल्गी, कोनघुसरी, सेमरी, लगायतका स्थानमा विकास निमाृण कार्य धमाधम जारी राखेकोछ ।
शिसवा भलवारीमा २० लाखको लागतमा नाली ग्रभेल, कोनघुसरीमा २० लाखको लागतमा पिसिसि नाली निर्माण, अल्गीमा पिसिसि नाली निर्माण, हरदौनामा नाली निर्माण कार्य तीव्र रुपमा अघि बढेकाछन् ।
निर्माणाधिन योजनाको अनुगमान गर्दै नगरप्रमुख अब्दुल कलामले अब विकासले गती लिएको बताउनु भयो ।
नगरप्रमुख कलामले अब नगरको समुन्तका लागि सबैको साथ र सहकार्यले अघी बढेको बताउनु भयो । अनुगमान कार्यक्रममा महाराजगञ्ज नगरपालिकाका नगरप्रमुखको नेतृत्वमा प्रशासकिय अधिकृत डोलराज ढकाल र सम्वन्धित वडामा वडाध्यक्ष एवम प्राविधिक कर्मचारी लगायतको सहभागिता रहने गरेकोछ ।

प्रकाशित मिति : १८ माघ २०७४ बिहिबार ००:००  ५ : ५८ बजे