१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

शर्त र मापदण्ड अनुसार काम गर्न ठेकेदारहरुलाई कडा निर्देशन



मायादेवी अनलाइन, तौलिहवा ।
जिल्ला अनुगमन समितिले खोलाका ठेकेदारहरुलाई शर्त र मापदण्ड पालना गर्न कडा निर्देशन दिएको छ । तौलिहवामा बिहिवार जिल्ला अनुगमन समिति, जिल्ला समन्वय समिति र खोला ठेकेदारहरु बीच गरिएको अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई सो निर्देशन जारी गरिएको हो । जिल्ला समन्वय समितिका अनुसार बिभिन्न खोलाका ११ नाकाबाट नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाईएको छ । ठेकेदारहरुले मनपरी ढंगले रकम असुली गरेको, अब्यवस्थित निकासी गरेको लगातयका गुनसाहरु बढे पछि ठेकेदारहरुलाई कडा निर्देशन दिईएको स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले बताउनुभयो ।
निर्देशन लगत्तै ठेकेदारहरुले आफुहरुले संझौता अनुसारका शर्त र मापदण्ड पालन गर्ने लिखित समेत गरेको स्थानीय विकास अधिकारी न्यौपानेले बताउनुभयो । ठेकेदारहरले तोकिएको भन्दा बढी रकम उठाएको, खोलामा ठुल्ठुला खाल्टो बनाएको, ढुवानीमा प्रयोग हुने साधानहरुले छापेर मालन निकासी नगरेको, पानी चुहाएको लगयातका गुनासाहरु आएका छन ।
यस्तै जिल्ला समन्वय समितिले दिएको रसिद बाहेक अन्य समेत प्रयोग भएको समेत आवाज उठेकोले अनिवार्य रुपमा समितिले प्रदान गरेका ठेलीमा प्रयोग गर्न समेत निर्देशन दिएको उहाँले बताउनुभयो । प्रजिअ तथा जिल्ला अनुगमन समितिका संयोजक मदन भुजेलले अब पनि ठेकेदारहरुले मनपरी गरे कारबाही प्रकृया अघि बढाईने बताउनुभयो । ‘ हामीले खोलाहरुको अनुगमन गर्छौ, र्शत र मापदण्ड पालना नगरेको पाईए कारबाही गर्छौ’ उहाँले भन्नुभयो ‘खोलाहरुको अवस्था बिग्रन दिदैनौ, यस बारे ठेकेदारलाई सचेत गराएका छौ’ उहाँले भन्नुभयोे ‘खोलाहरुको सघन अनुगमन गछौ ’ ।
यस अघि नै अनुगमन समितिले खोलाहरुको सघन अनुगमनका लागि सहायक प्रजिअ रामेश्वर अर्यालको संयोजकत्वमा अनुगमन समिति समेत निर्माण गरेको छ । जसको सदस्यहरुमा जिल्ला प्राबिधिक कार्यालय, सशस्त्र र नेपाल प्रहरी, घरेलु कार्यालय, वन सम्बन्धित स्थानीय निकायका प्रतिनिधि छन ।
उता खोलाहरुको अनुगमनका लागि जिल्ला समन्वय समितिले समेत अनुगमन गर्ने निर्णय गरेको छ । समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालको अध्यक्षतामा बसेको बैठकले खोलाहरुमा ठेकेदारहरुले मनपरी गरेकोले अनुगमन गर्ने जनमएको छ । समितिका प्रमुख खनालले आफुहरुले खोलाहरुको आकस्मिक र नियमिति अनुगमन गर्ने बताउनुभयो । मापदण्ड अनुसार काम नगरेको पाईए कारबाहीको सिफारिस गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २० माघ २०७४ शनिबार ००:००  २ : ५२ बजे