८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सितगंगा सेवा समाजद्धारा शैक्षिक सामग्री हस्तान्तरण



हरि आचार्य, अर्घाखाँची ।
सितगंगा सेवा समाजले शितगंगा नगरपालिका वडा नं. ६ स्थित शिवादह माविलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । भुपु विद्यार्थिहरुले स्थापना गरेको उक्त समाजले विद्यार्थिहरुको आवश्यकतालाई मध्यनजर गर्दै ७ थान कम्प्युटर, एक थान प्रिन्टर तथा प्रोजेक्टर पनि उपलब्ध गराएको हो ।
विद्यार्थिहरु पनि अब कम्प्युटर प्रयोग गर्न पाईने भयो भन्दै खुसि ब्यक्त गर्दै शितगंगा सेवा समाजलाई धन्यबाद ब्यक्त गरेका छन् । साथमा सम्झना लामिछाने, दिपक भण्डारी, लगायतका विभिन्न कलाकारहरुले मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
सितगंगा सेवा समाजका अध्यक्ष कमल घिमिरेको अध्यक्षता, प्रदेश सभा सांसद रामजी घिमिरेको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक कृष्ण शर्मा, अन्य शिक्षकहरु, स्कुल ब्यबस्थापन समितिका सदस्यहरु राधा आचार्य लगायतको आथित्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुन्दर आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : २० माघ २०७४ शनिबार ००:००  ३ : ३६ बजे