२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

आर्थिक अभावले मृत्यु संग पैठेजोरी खेल्दै अधिकारी



मायादेवी अनलाइन, कपिलवस्तु ।
दुबै मृगौला फेल हुँदा आर्थिक अभावको कारण शिवराज नगरपालिका १ उमरी चोककी हरिकला अधिकारी विस्तारामै छट्टपाउन बाध्य हुनुभएको छ । कमजोर आर्थिक अभावको कारण रोग पालेर बस्न बाध्य हुनुभएकी अधिकारीका आफन्तले सबै संग सहयोगको माग गरेका छन । ४२ बर्षिय अधिकारी तीन महिना देखि विस्तारामा छट्पटाई रहनुभएको छ । बुटवल स्थीत बुद्ध हस्पिटलमा सामान्य उपचार गराए पछि थप उपचारको लागि अन्यन्त्र जान आर्थिक अभाव भएको छ ।

घरधन्दा सञ्चालनमा समस्या आएपछि रोजगारीको लागि अधिकारी झण्डै साढे ३ वर्ष साउदी जानुभएको थियो । साउदी हुँदै मृगौलाको समस्याले ग्रसित हुनुभएका उहाको रोग अहिले जटिल बन्दै गएको छ । काम गर्दा गर्दै मृगौलाको समस्या आउपछि साउदी अरवबाट अधिकारी नेपाल फर्कनुभएको थियो । अधिकारी हाल आफ्नो माइती घर बस्दै आउनुभएको छ । मृत्यु संग पैठेजोरी खेल्दै बाच्न विवश हुनुभएकी अधिकारीलाई आर्थिक सहयोग गरि जीवन बचाउन आफन्तजनले आग्रह गरेका छन ।

प्रकाशित मिति : २ फाल्गुन २०७४ बुधबार ००:००  ३ : ४६ बजे