२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

शिव मन्दिर तथा धर्मशाला प्रदेश सांसद पन्थीद्धारा उद्घाटन



बाबुराम रायमाझी, भलवाड ।
बाणगंगा ९ भर्तापुरमा रहेको शिवपार्वती आमा समूहले महा शिवरात्रीको अवशर पारेर शिव मन्दिर तथा धर्मशालाको मङ्गलबार एक भव्य समारोहका वीच प्रदेस सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभएको थियो ।
सो मन्दिर निर्माण कार्य सम्पन्न गर्न सहयोग पु–याउनेमा कोईलीचौर सामुदायिक वन, अमृते सामुदायिक वन र बाणगंगा नगरपालिकाको गरी कुल १० लाखको लागतमा सम्पन्न भएको छ । साथै शिव पार्वती मन्दिर आमा समूहले समुदायको सामाजिक क्षेत्रमा सहयोग पु–याउने २५ जनालाई पनि सम्मानित गरेको छ ।
कार्यक्रम शिव पार्वती मन्दिर आमा समूहका अध्यक्ष सावित्रा पुरीको अध्यक्षता, प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता, वडा न.९ का वडाध्यक्ष धुर्व वेल्वासे, समाजसेवी कुमार मधु वेल्वासे, अनुपमा पन्थीको विशिष्ट आतिथ्यता, समाजसेवी नारायण खनाल, हरी बहादुर खनाल, विश्वराज खनाल र सञ्चारकर्मी बाबुराम रायमाझीको, संगम टोल बिकास संस्था भर्तापुरका अध्यक्ष गोपाल गिरीको आतिथ्यता रहेको कार्यक्रममा समूहका उपाध्यक्ष श्यामकला क्षेत्रीको स्वागत र समाजसेवी मनकला गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७४ बुधबार ००:००  ३ : ५६ बजे