२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

बिमानस्थल निर्माणमा एडिबी पछि हट्यो, प्राधिकरणको स्रोतबाट काम अघि बढ्ने



मायादेवी अनलाइन, भैरहवा ।
भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माणलाई एसियाली विकास बैँक एडिबीले ऋण र अनुदान नदिए पनि नागरिक उड्डयन प्राधिकरणले आफ्नै स्रोतबाट अघि बढाउने भएको छ ।
सहयोग रोक्ने डेढ महिना अघिको निर्णयलाई एडिबीले अझै पुन मुल्यांकन नगरेपछि प्राधिकरणले आफ्नै स्रोतले बिमानस्थलको काम अघि बढाउने नागरिक उड्डयन प्राधिकरणका प्रवत्ता वीरेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
एडिबीको आश्वासन कुर्नु भन्दा कामलाई निरन्तरता दिने प्राधिकरणको दायित्व रहेकोले त्यस्तै असहज परिस्थिती आए नेपाल सरकारसँग अनुरोध गरेर सेयर लगानी, अनुदान नभए प्राधिकरणकै आफ्नै स्रोतबाट लगाानी गरेर आयोजना पुरा गर्ने तर्फ लागेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
नागरिक उड्डयन प्राधिकरणले बिमानस्थलको जिम्मा लिएको चिनिया ठेकेदार कम्पनीले अहिले कामलाई दु्रत गतिमा अघि बढाएको पनि जनाएको छ । आयोजना प्रमुख ओम शर्मा भने पछिल्लो भदौ यता काममा सुधार आएको बताउ“नुहुन्छ् ।
कुल ६ अर्व २२ करोड रुपैया लागतको यस बिमानस्थल आउदो असार सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पटक पटकको प्रयासपछि चिनिया ठेकेदार कम्पनीले जनशक्ति तथा उपकरण थपेर अहिले निर्माणमा तिब्रता दिएको छ । मधेश आन्दोलन, नाकाबन्दी, भुकम्प जस्ता कारण देखाउदै म्याद थपिदै आइएको छ । विमानस्थलमा अहिले ३५ जना चिनियासहित २०० मजदुर कार्यरत छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४ बुधबार ००:००  १ : ४२ बजे