३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

राष्ट्रिय संगितकर्मी संघको जिल्ला भेला तथा सम्मान



मायादेवी अनलाइन, कपिलवस्तु ।
राष्ट्रिय संगितकर्मी संघ कपिलवस्तुको जिल्ला भेला तथा सम्मान कार्यक्रम बैरियामा सम्पन्न भएको छ ।
कपिलवस्तु जिल्ला भरी छरिएर रहेका कलाकारहरुको साझा संस्था राष्ट्रिय संगित कर्मी संघको हालै काठमाण्डौमा सम्पन्न चौथो राष्ट्रिय महाधिबेशनबाट राष्ट्रिय संगितकर्मी संघका प्रदेश महासचिव थानेश्वर अधिकारी केन्द्रिय सदस्य तथा प्रदेश संयोजकमा निर्वाचित हुनु भएकोमा उहाँलाई बधाइ तथा सम्मान गरिएको छ ।
यसै गरी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुका सह कोषाध्यक्ष रविन परियार प्रदेश स्तरिय लोक गायन प्रतियोगिताबाट छनौट हुनुभएकोमा सम्मान गरिएको छ । बैठकले महाधिबेशनको समिक्षा गरी आगामी २ बर्षे कार्ययोजना समेत निर्माण गरेको छ । बैठकले कपिलवस्तुमा रिक्त रहेको कार्यसमिति सदस्यमा मिसन भुसाल र दिपक भण्डारीलाइ मनोनित गरेको छ ।
बैठक संगितकर्मी संघ कपिलवस्तुका अध्यक्ष पुर्णचन्द्र परियारको अध्यक्षता, संगितकर्मी संघका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक थानेश्वर अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रम कोषाध्यक्ष अशिम क्षेत्रीको स्वागत र सचिव शिव खनालको संचालनमा सम्पन्न भएको सदस्य सृजना पोख्रलले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७५ आइतबार ००:००  २ : ५७ बजे