७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

बैंकका शाखा साढे छ हजार पुग्यो



काठमाडौं ।
चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ६ हजार ४ सय १८ पुगेको छ ।
आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वाणिज्य बैंकका शाखा दुई हजार ९ सय १९ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार विकास बैंकको ९ सय ५१, वित्त कम्पनीको १ सय ८३ र लघुवित्त संस्थाको दुई हजार ३ सय ६५ गरी कुल शाखा ६ हजार ४ सय १८ पुगेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा झण्डै चार हजार ४ सय ९० जनसंख्याले सेवा प्राप्त गर्न सक्ने देखिएको छ । संघीय व्यवस्थाअन्तर्गत गठित ७५३ स्थानीय तहमध्ये यस आवको असार २४ गतेसम्म ५ सय ५६ तहमा वाणिज्य बैंकको उपस्थिति पुगेको छ । यो आर्थिक वर्षको वैशाख मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या दुई करोड २५ लाख तथा कर्जा खाता संख्या १२ लाख ८७ हजार पुगेको छ ।

त्यस्तै, एटिएम संख्या दुई हजार ६२४ रहेको छ भने मोबाइल बैंकिङ्गका ग्राहकको संख्या ४० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकको संख्या सात लाख ८४ हजार, जारी भएका डेबिट कार्डको संख्या ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डको संख्या ९७ हजार रहेको छ ।

प्रकाशित मिति : २८ असार २०७५ बिहिबार ००:००  ६ : ३६ बजे