४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गरिवी परिचय पत्र पाउने धनीहरु धेरै भए : वडा अध्यक्ष अधिकारी



अराज सिहं बेल्बासे, अर्घाखाँची ।
शितगंगा नगरपालिका वडा नम्बर ४ मा शनिबार गरिवी परिचय पत्र बितरण गरिने भएको छ । नगरपालिकाले गरिव सुचिमा सुचिकृत घरपरिवारलाई गरिब परिचयपत्र वितरण कार्य तिव्र रुपमा अगाडि बढाएको छ ।
वडा नम्बर ४ मा २६६ जना घरपरिवार गरिवीको सुचिमा सुचिकृत रहेका छन् । जसमध्ये अति गरिवको सुचिमा गरिव भन्दा पनि धनि राम्रो जिवनयापन गर्ने हरुको नाम उल्ल्ेख भएको वडा अध्यक्ष दामोदर अधिकारीले गुनासो गर्नुभयो ।
६९ सालमा गरिएको सर्वेक्षणमा खटिएका कर्मचारी सर्वदलिय दलहरुको कमजोरीको कारण लगत तथ्याङ्कले गर्दा गरिव हरुको नाम नै सुचिमा नभएकोमा अधिकारीले दुख ब्यक्त गर्नु भयो । धेरै गरिवहरुको नामनै नभएको तर सुचिमा गरिव भन्दा धनीको नाम रहेको बताउदै नगरपालिकाले पछि छानबिन गरेर गरिवहरुलाई न्याय गर्ने वडा अक्ष्यक्ष अधिकारीले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २६ श्रावण २०७५ शनिबार ००:००  २ : ५९ बजे