४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

५ बर्ष भित्र शिबगढीमा केवुलकार : मेयर अधिकारी



गीता पौडेल, चन्द्रौटा ।
शान्तिका अग्रदुत गौतम बुद्धको गृह जिल्ला कपिलबस्तुको पश्चिम क्षेत्रमा अवस्थित एतिहासिक स्यूराज क्षेत्र तथा प्रसिद्ध धार्मिक स्थल शिबगढी धार्मिक स्थलमा चर्चित छ । शिबगढी मन्दिर धार्मिक हिसावले अत्यन्तै चर्चित बन्दै गएको हो । स्थानीय तहको निर्वाचनमा बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताले चुनावी एजेन्डालाई थप बलियो बनाउन र स्थानीय जनतालाई चुनाव जिते पछि केवलकारको ब्यबस्था र धार्र्मिक हिसावले पर्यटकको संख्या बृद्धी गरी आर्थिक रुपमा समृद्ध बनाउने प्रतिबद्धता जनाएका थिए । यो प्रतिवद्धता पछि शिबराज नगरपालिका र विजयनगर गाउँपालिका लगायतका स्थानीय तहका उम्मेद्वारले दिएको आश्वासनले स्थानीयबासी मख्ख परेका थिए ।
अहिले स्थानीय तहले शिबगढीमा के काम गर्दै छ भन्ने अधिकांश जनमानसमा जिज्ञासा पलाएको बेला शिबराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले शिबगढीलाई बिकास गर्न गुरुयोजना बनाउन लागेको बताउनुभएको छ । मेयर अधिकारीले आफ्नो कार्यकालमा केवलकार सुरु हुने पनि प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
स्थानीय तहको निर्वाचन हुँदा शिबगढीलाई एतिहासिक पर्यटकीय स्थल बनाउने बाचा गरेको स्विकार गर्दै गत आर्थिक वर्षमा शिबराज नगरपालिकाले १० लाख बजेट छुट्टाएर मन्दिरको सुढृणिकरण गरेको बताउँदै प्रदेश सरकारबाट २० लाख बजेट पार्न सफल भएको उहाले बताउनुभयो ।
शिबरात्रिमा शिवगढी मन्दिरमा ठुलो मेला लान्ने र यहाँ देश तथा भारतबाट ठुलो संख्यामा दर्शनार्थी आउने हुँदा मन्दिरमा पुग्न उकालो चढेर जानु पर्ने बाध्यता भएकाले स्थानीय तहले अत्यन्तै चांसो दिएको उहाले बताउनु भएको छ ।
मेयर अधिकारीले शिबगढीलाई बिकास गर्न स्थानीय तहले यस आर्थिक वर्षमा पनि १० लाख छुट्टाएको र पर्यटन बोर्डसंग पनि यसको बिकासका बारेमा कुरा भइरहेको बताउँदै गुरुयोजना बनाएर यसलाई तिब्र रुपमा अगाडी बढाउने बताउनु भएको छ ।
शिबगढी मन्दिरको बिकास र केवलकारको बिकास गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उहाँ स्थानीय तहमा आफ्नो कार्यकालमा केवलकारको सुरुवात गर्ने मेयर अधिकारीले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०७५ आइतबार ००:००  ३ : ५२ बजे