२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

रत्ननगर नगरपालिका : करको विषयमा कुरा मिले पछि दलहरुले अनसन तोडे



चितवन ।
वृद्धि भएको कर विज्ञ टोली गठन गरी केही दिनभित्रै समायोजन गर्ने सहमति भएपछि चितवनको रत्ननगर नगरपालिकामा दलहरुले गरेको आन्दोलन फिर्ता भएको छ ।

नगरपालिकाको उपप्रमुख विमलादेवी दुवाडीको उपस्थितिमा भएको वार्तामा दल र नगरपालिकाबीच सहमति भएसँगै चार दिनदेखि जारी रिले अनसन दलहरुले तोडेका छन् ।
दुवै पक्षको सहभागिता रहने गरी कार्यदल गठन गर्ने र चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रभाव नपर्ने गरी कार्यदलको प्रतिवेदन अनुसार समय सापेक्षरुपमा कर समायोजन गर्ने सहमति भएको नगरपालिकाकी प्रवक्ता सरस्वती लामाले जानकारी दिइन् । कर वृद्धि लगायतका सबै ११ बिषयमा सहमति जुटेको लामाले बताइन् ।

सात दलका प्रतिनिधिहरु अत्यधिक कर वृद्धिको विरोध गर्दै गत आइतबारदेखि रिले अनसनमा बसेका थिए । उनीहरुले राजश्व शाखामा तालावन्दी नै गरेर तोडफोडसमेत गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७५ बिहिबार ००:००  ३ : ५४ बजे