६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

स्वरोजगार बन्न किन्ने होइन अटो ? ‘बैरियामा पाइन्छ’



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगगां नगरपालिका १ वौरियामा बाणगंगा अटो सप टेड्रर्सको उद्घाटन गरिएको छ । कपिलवस्तुमा पहिलो पटक टिभिएस (TVS) ब्रान्डका ३ पांग्रे अटो रिक्सा डिलर आएको हो । कपिलवस्तुमा यसरी पहिलो पटक आएको डिलरको सचांलनकमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, मोहन न्यौपाने, मनोज पौडेल, शंकर क्षेत्री, बर्षान्त खनाल लगायत रहनुभएको छ ।

देशमा दैनिक हजारौ भन्दा बढी युवाहरु बिदेश जाने भएकाले युवाहरुले गाउँ घरमै केहि गर्न पर्छ भन्ने मान्यताका साथ यस्तो काम अघि सरिएको सचांलक टिमले बताएका छन् । उद्घाटनकै दिन शुक्रबार वाणगंगा नगरपालिका बनागाईका कृष्ण कुवरले खरिद गर्दै यसको सेवा सुविधा आफुलाई मन परेको बताउनुभयो ।

आधुनिक तारिकाबाट बनाईएको अटो रिक्सामा तेलको किफायत, मजवुत म्युजिक सिस्टम, लगायत विभिन्न सेवा सुविधा सहित ५ लाख ५० हजारमा विमा सहित खरिद गर्न सकिने भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७५ सोमबार ००:००  ६ : ०५ बजे