१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दाङमा सवारी कार्वाहीबाट झण्डै ५८ लाख बढी राजश्व असुली



दाङ ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले एक बर्षको अवधिमा झण्डै दश हजार बढी सवारी साधनहरुलाई कार्वाहीबाट भण्डै ५८ लाख बढी राजश्व असुली गरेको छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले एक बर्षको अबधिमा १० हजार चार सय २३ सवारीसाधन कार्वाहीबाट कुल ५७ लाख ९९ हजार असुली गरेको हो । ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक बर्ष २०७४÷०७५ अर्थात २०७४ साउन देखि २०७५ असार मसान्त सम्म उक्त रकम असुली गरेको जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक प्रहरी प्रमुख चन्द्रबहादुर केसीका अनुसार एक बर्षको अबधिमा सवारी साधन नियमित दैनिक छड्के चेक जाँचबाट उक्त राजश्व असुली भएको बताइएको छ ।
दुर्घटना न्युनिकरणका लागि केन्द्रस्तरबाट ट्राफिक प्रहरीलाई देशभर सवारी साधन चेकजाँच कडा गर्न निर्देशन आएसंगै ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी पोष्ट तुलसीपुरको संयुक्त रुपमा आफ्नो कार्यक्षेत्र भित्र तथा ईलाकाका विभिन्न ठाउँहरुमा दैनिक तीन पटक नियमित छड्के सवारीसाधन चेकजाँच कडा बनाइएको छ ।
यता सवारी चेकजाँच कडा बनाएपछि जीपकारमा यात्रु झुडाउने, बसमा जथाभावी यात्रु कोच्ने, सिट क्षमता भन्दा बढी यात्रु चढाउने, मापसे गरी सवारी साधन साधन चलाउने र कागजपत्र नलिई सवारी साधन चलाउने क्रम कमी भएको र सजिलो संग यात्रा गर्न पाएको यात्रुहरुको भनाई छ ।

प्रकाशित मिति : ४ भाद्र २०७५ सोमबार ००:००  ८ : ५३ बजे