६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

शिक्षक सरहको माग राख्दै बाल विकास केन्द्रका सहजकर्ता आन्दोलित



मायादेवी अनलाइन, कपिलवस्तु ।
शिक्षक सरह सेवा सुबिधा दिनु पर्ने माग गर्दै कपिलवस्तुका बाल विकास केन्द्रमा कार्यरत सहजकर्ताहरु आन्दोनलमा उत्रेका छन् । उनीहरुले नेपाल बालविकास शिक्षक संघर्ष समिति समेत गठन गरेका छन । उनीहरु आफुहरुलाई प्राबि शिक्षक सरह राख्नु पर्ने माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रेका हुन । यसैक्रममा उनीहरु सम्बन्धित नगरपालिका र गाउँपालिकामा एक घन्टा धर्नामा बसेका छन । जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकामा उनीहरुले धर्ना दिदै ज्ञापन पत्र समेत बुझाएका छन ।

यता नेपाल बाविकास शिक्षक संघर्ष समितिले कपिलवस्तु नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन । नगरपाकिला संघर्ष समितिकी संयोजक शारदा पराजुलीले नगरपालिका शिक्षा इकाईका प्रमुख रामप्रसाद कोईरालालाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा केन्द्रलाई आधारभुत तहमा समाबेश गर्नु पर्ने, कार्यरत सहजकर्तालाई दरबन्दीमा समायोजन गर्नु पर्ने, कार्य अवधि गणना गरी उमेर हद हटाउनु पर्ने माग गरिएका छन ।

यस्तै बालमैत्री कक्षाको ब्यवस्था पन हुनु पर्ने, स्थानीय तहले आफु खुशी दिने गरको अवकाश बन्द गर्नु पर्ने माग अघि सारिएका छन । बषौ देखि ३ देखि ५ बर्षका बालबालिकालाई पठनपाठन गदै आए पनि आफुहरु मासिक ६ हजार मात्र पाउने गरेको संयोजक पराजुलीले बताईन । जिल्लाभर साढे ५ सय बढी र कपिलवस्तु नगरपालिकामा ७८ जना सहजकर्ता कार्यरत छन । उनीहरुले आफनो माग संबोधनका लागि प्रदेश स्तरमा समेत ज्ञापन पत्र बुझाई सकेको छन । भदौ २२ गते केन्द्रिय स्तरको थप आन्दोलनको कार्यक्रम घोषणा गरिने संघर्ष समितिले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७५ सोमबार ००:००  ५ : २८ बजे