१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रभु बैंकले दियो बिजयनगरका बिद्यार्थीलाई बैंकिङ ज्ञान



अराज सिहं बेल्बासे, कपिलबस्तु ।
कपिलबस्तुको बिजयनगरमा रहेको प्रभु बैंकको शाखाले स्थानीय बिद्यालयमा पुगेर बिद्यार्थीलाई बैंकिङ सेवा सुबिधाबारे अभिमुखीकरण दिएको छ । बिजयनगर गाँउपालिकामा बैंकको रुपमा पहिलो पटक प्रभु बैंक पुगेको छ । बैंकको काम, सेवा सुबिधाको बारेमा सामान्य जानकारी पनि नहुँदा बैंकको सेवा सुबिधा लिनबाट टाडा भएकाहरु लाई बैंकिङ ज्ञान दिएको बैंकका शाखा प्रबन्धक आनन्द बस्नेतले जानकारी दिनु भयो ।
गाँउपालिकाको दुधाधारी माबि र भुवनेश्वरी माबीका कक्षा ९ देखी १२ सम्मका करिब दुई सय बढी बिद्याथीहरुलाई बैंकको बारेमा जानकारी गराइएको थियो । सहभागी बिद्यार्थीहरुले बैंकको बारेमा धेरै कुरा बुझेको बताएका थिए ।
कार्यक्रममा क्षेत्रिय कार्यलय बुटवलका मार्केटिङ अफिसर सबिता खनाल, क्षेत्रिय कार्यलयका विपन्न वर्ग कर्जा प्रमुख सारदा बस्याल लगायत शाखा कार्यलय बिजयनगरका कर्मचारी लगायतको उपस्थिती रहेको शाखा प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०७५ मंगलबार ००:००  २ : ३६ बजे