६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

वाणिज्य संघद्धारा राजश्व संकलनको अभियान शुरु



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाले स्थानीय व्यापारीलाई सहज बनाउन संघको कार्यालयमा राजश्व संकलनको अभियान मंगलबार देखि शुरु गरेको छ । संघले आन्तरिक राजश्व कार्यालय कृष्णनगर संग समन्वय गरी संघमा आवद्ध व्यवसायी सदस्यहरुको बार्षिक लाग्ने राजश्व संकलन गरेको हो । संघको कार्यालय चारनम्बरमा विहानैदेखि साना व्यवसायको बार्षिक कर तथा नविकरण शुल्क बुझाउन विभिन्न क्षेत्रका सदस्यहरुको भिड लागेको थियो ।
मंगलबार पहिलो दिन एकसय बढि सदस्यको २ लाख ५० हजार बराबर बार्षिक राजश्व कर संकलन गरिएको संघका सचिव मनोज पौडेलले बताउनुभयो । संघमा आवद्ध तथा नभएका सदस्यहरुलाई आवद्ध हुन आग्रह गर्दै बार्षिक २० लाखसम्मका कारोवार भएकाको राजश्व संघको कार्यालयमा संकलन गरिएको बताइएको छ ।
संघले व्यवसायी सदस्यको सुविधाका लागि भदौ मसान्तसम्म कार्यालय समयमा राजश्व संकलन गरिने संघका कोषाध्यक्ष मोहन न्यौपानेले जानकारी दिनुभयो । सोही अवसरमा संघको साप्ताहिक रुपमा हुदै आएको मंगलबार बजार बन्द चाडपर्वलाई मध्यनजर गरी तिहारसम्म पसल खुल्ला रहने संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ भाद्र २०७५ मंगलबार ००:००  २ : ३० बजे