२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

शुद्धोधन गाउँपालिकाद्धारा व्हिल चियर वितरण



भुपाल थापा, कपिलबस्तु ।

स्थानीय तहले सामाजिक सेवामा सक्रियता बढाएपछि शुद्धोधन गाउँपालिकाबासीले स्थानीय सरकारको अनुभुति गर्न थालेका छन् । शारिरीक अपांगता रहेका ब्यक्तिहरुलाई स्थानीय तहबाट सामाजिक सुरक्षा खर्च देखि व्हिल चेयर सम्म प्राप्त भएपछि उनीहरुले स्थानीय तहमा आफ्नै सरकार आएको अनुभुति गरेका हुन् ।

शारिरीक हिडडुल गर्न नसक्ने अवस्थामा पुगेका अशक्त नागरिकहरुलाई गाउँपालिकाले ह्विल चेयर उपलब्ध गराएपछि गाउँपालिका भित्रका अशक्तहरुको जनजिवन सहज हुने भएको छ । गाउपालिकाले आफ्नो बजेटको केहि रकमबाट शारिरिक कमजोर रहेका उनीहरुलाई ह्विल चेयर बितरण गरेको छ ।

सपांग सरह सहज रुपमा हिडडुल गर्ने आकांक्षा रहेर पनि बिबिध कारणबश घरबाट निस्कन नसक्ने असक्त ब्यक्तिहरुले ह्विल चेयर पाएपछि मख्ख परेका छन् । ह्विल चेयर पाए संगै उनीहरुले हिडडुल गर्न सहज भएको भन्दै स्थानीय सरकारलाई धन्यबाद दिएका छन् ।

गउपालिका भित्रका ६ जना असक्त नागरिकलाई बुधबार ह्विल चेयर बितरण गरिएको थियो । गाउपालिकाले वडा नम्बर १ पतरियाका जानुका भण्डारी, वडानम्बर २ भुसुडीका राजाराम लोध, वडा नं. ३ महतिनियाका अजरुदिन डफाली, वडा नं. ४ बिठुवाका रामशिव लोहार, वडा नं. ५ फुलवापुर रामअवतार पासी र वडा नं. ६ महादेवका मनोज कुमार मुराउलाई ह्विल चेयर उपलब्ध गराएको छ ।

गाउँपालिकाका सबै बर्ग समुदाय प्रति उत्तरदायी रहेको र उनीहरुको दैनिक जिवनलाई सहज बनाउन हरदम तयार रहेको शुद्धोधन गाउँपालिकाका प्रमुख निसार अहमद खांले बताउनुभयो । प्रत्येक नागरिकलाई संबन्धित स्थानीय तहबाटै सेवा सुबिधा दिने राज्यको निति अनुरुप कार्यालयले ह्विल चेयर बितरण गर्ने कार्यक्रम ल्याएको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद पोख्रेलले बताउनुभयो ।

प्रकाशित मिति : २१ भाद्र २०७५ बिहिबार ००:००  २ : १२ बजे