४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

तिलोत्तमा नगरपालिका छाडा पशु नियन्त्रणको अभियानमा



बुटवल ।

चौपायालाई सडक तथा वनजंगलमा छाड्ने प्रवृत्ति रोक्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्य्विधि’ कार्यान्वयनमा ल्याउने भएको छ ।

छाडा चौपायाका कारण विभिन्न समस्या बढेपछि नगरपालिकाले घरमा पालिएका चौपाया बेवारिसे छाड्ने व्यक्तिलाई जरिवाना गर्ने नियम बनाएको हो । कार्य्विधिमा घरपालुवा चौपाया बेवारिसे छाडा छाड्नेलाई पहिलो पटक बढीमा रु तीन हजारसम्म जरिवाना गर्न सकिने उल्लेख छ ।

गाई÷गोरु–बाच्छाबाच्छी बेवारिसे छाडिएमा तीन हजार, राँगा÷भैँसी–पाडापाडीको सात सय, बाख्रा, खसी, बोका, भेडा, सुँगुर÷बङ्गुरको पाँच सय जरिवाना गर्ने नियम नगरपालिकाले बनाएको छ । तिलोत्तमा नगरपालिकामा छाडा गाई÷गोरु बाच्छाबाच्छीको समस्या छ ।

घर–गोठमा पालिएका पशु चौपायालाई छाडा छाड्ने प्रवृत्तिलाई रोक्न नगर कार्यपालिकाले कार्य्विधि जारी गरेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । (रासस)

प्रकाशित मिति : २१ भाद्र २०७५ बिहिबार ००:००  २ : १४ बजे