४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वडा नं ७ ले सरसफाई कार्यक्रम अभियान चलायो



मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिका वडा नं. ७ ले वडा स्तरको सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ । वडालाई स्वच्छ, हराभरा र सुन्दर बनाउनका लागि सरसफाई अभियान सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । वडाको बार्षिक कार्यक्रम अनुसार वडा सरसफाई गर्ने काम थालनी गरिएको वडा नं. ७ का वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।
वडा कार्यालय भित्र रहेका आठ ओटा टोलमा कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष गिरीले बताउनुभयो । जस मध्ये ५ वटा टोलमा सरसफाई सकिएको छ भने बाकी तीन ओटा टोलमा मौसम प्रतिकुलताको कारण काम रोकिएको उहाले बताउनुभयो । अबका केही दिनमा रोकिएको काम पूरा गर्ने उहाले जानकारी दिनुभयो ।
वडा भित्रका जनप्रिय टोल मोतीपुर, प्रगतिशिल टोल मोतीपुर, देउराली टोल मोतीपुर, मोतीपुर डाँडा टोल, कोइली बनगाई टोल र आर्दश टोल भित्रका स्थानमा सरसफाईको काम सकिएको वडा कार्यालयले जनाएको छ ।
यसैबीच वडा समिति र टोल विकास संस्थाको संयुक्त बैठक बसेर यही अशोज १ गते देखि वडालाई सुन्दर, रमणीय र हराभरा बनाउन ११ बुदे प्रतिबद्धता पारित गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७५ शुक्रबार ००:००  ३ : २९ बजे