१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मीका स्थानीय सरकार प्रमुख भन्छन्, ‘करको विकल्प छैन’



मायादेवी अनलाइन, गुल्मी ।  

गुल्मीका स्थानीय सरकारका प्रमुखहरुले करको विकल्प नभएको बताएका छन् । जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको समिक्षा तथा पत्रकार सम्मेलनमा बोल्ने अधिकाशं स्थानीय सरकरका प्रमुखहरुले करको बिकल्प नभएको भन्दै ढिलो चाँडो करको दायरामा आउने बताएका हुन् । छत्रकोट गाउँपालिका प्रमुख मधुकृण पन्तले जहाँ सरकार त्यहाँ कर हुने बताउनुभयो ।

हिजो अधिकार सवै सिहंदरवारमा थियो अहिले व्यवस्था परिर्वतन भएर सिहंदरवारको अधिकार गाउँ–गाउँमा आएकाले करको दायराबाट कोहि नछुटने बताउनुभयो । उहाले ऐन, नियम र कानुनमा टेकेर जनताको भावना अनुसार कर लगाइएकाले त्यसलाई अतिरञ्जीत बनाउन नहुनेमा जोड दिनुभयो ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले आफुहरुले कर भन्दा अनुदान बढि दिइरहेको बताउनुभयो । उहाले कर छली गर्न खोज्नेहरुले गुल्मीमा पनि कर आतंक भएको छ भन्दै प्रचार गरिरहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको समिक्षा तथा पत्रकार सम्मेलनमा जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले जिल्लामा स्थानीय तहले एक बर्षको अवधिमा गरेका महत्वपूर्ण काम र चुनौतीको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७५ शनिबार ००:००  १ : २७ बजे