१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

निर्माण ब्यवसायी संघको पाँचौ अधिबेशन शुरु


२३ भाद्र २०७५ शनिबार ००:००  

0
Shares

मायादेवी अनलाइन, तौलिहवा ।
निर्माण ब्यवसायी संघ कपिलवस्तुको तौलिहवामा आठौं बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशन सम्पन्न भएको छ । कार्यत्रमको उद्घाटन गर्दै निर्माण ब्यवसायी संघका कार्यबाहक अध्यक्ष बिष्णु भाई श्रेष्ठले सरकारले अनावश्क रुपमा निर्माण ब्यवसायीलाई तारो बनाएको बताउनुभयो । उहाँले देश विकासमा निर्माण ब्यवसायीको महत्वपुर्ण योगदान भएपनि सरकारले खासै महत्व नदिएको उहाले गुनासो व्यक्त गर्नुभयो । उहाँले सार्बजनिक खरिद ऐनलाई संशोधन गनुृपर्ने बताउनुभयो । उहाँले उपभोक्ता समिति मार्फत काम गरिदा निर्माण ब्यवसायी मर्कामा परेको बताउनुभयो । सो अवसरमा बार्षिक प्रगति प्रतिबेदन संघका जिल्ला महासचिव गुन्जन कुमार गुप्ता तथा आर्थिक प्रतिबेदन कोषाध्यक्ष अखिलेश कुमार गुप्ताले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संचारकर्मी मनोज पौडेललाई नगद र प्रशंसा पत्रले सम्मानित गरिएको थियो । सो अवसरमा प्रदेश नम्बर ५ का सदस्य अर्जुन केसी, धरम बहादुर लालश्रीवस्तव, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, बरिष्ठ उपाध्यक्ष लक्ष्मण कुमार राना, निकलोस पाण्डेय, राशरण देउजा लगायतले शुभकामना मन्तब्य दिएका थिए । संघका अध्यक्ष चन्द्रशेखर श्रेष्ठको अध्यक्षता र बसन्त बन्जाडको संचालन र रबि ठाकुरको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । भदौ २५ गते निर्वाचन हुने निर्वाचन मण्डलका संयोजक अमित कुमार श्रीवास्तवले बताउनु भएको थियो । कुल १ सय ६२ मतदाता रहेका छन् । निर्वाचनमा २ प्यानल बीच प्रतिष्पर्धा हुनेछ । बर्तमान अध्यक्ष चन्द्रशेखर श्रेष्ठ र गुन्जन कुमार गुप्ता बिच अध्यक्ष सहीतको प्यानलमा प्रतिस्पर्धा हुने निर्माण ब्यवसायी बताउछन् ।

प्रकाशित मिति : २३ भाद्र २०७५ शनिबार ००:००  २ : ३६ बजे