२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

जनप्रतिधिलाई यस्तो मोज, दोहोरो सुविधा लिएर भए मालामाल !



सलिम अन्सारी, प्युठान ।

प्युठान नगरपालिका ३ का वडाअध्यक्ष प्रेम बहादुर हमाल निवृत कृषि जेटिए अधिकृत हुन्। निवृत हुँदै गर्दा स्थानीय तहको चुनाव भयो। निर्वाचनबाट उनी वडाअध्यक्ष चुनिए। कृषि जेटिए अधिकृतको पेन्सन लिइरहेका हमालले प्रदेश सरकारको निर्णय अनुसार मासिक २५ हजार रुपैया पारिश्रमिक पाउँछन्। प्रदेशले कानुन पारित गरेपछि नगरपालिका मार्फत अहिले पारिश्रमिक पाइरहेका छन। उनले पेन्सन र पारिश्रमिक बापतको रकम बुझिरहेको बताए। उनले भने, ‘नगरपालिकाबाट गएको आर्थिक वर्षको सुविधा साउनमा लिएको छु। पेन्सन पनि लिइरहेको छु ।

उनले पेन्सन सेवा गरे वापतको सुविधा भएको र पारिश्रमिक अहिले श्रम गरेवापत भएकाले दुबै सुविधा पाउनु पर्ने दावी गरे। ‘अहिले हामीले रातदिन श्रम गरेका छौं। त्यसवापत अहिले तोकिएको सेवा सुविधा लिन पाउनु पर्छ, हमालले भने, –‘पहिले हामीले राज्यलाई सेवा गरेवाफतको सुविधा पेन्सन हो। त्यो पनि लिन पाउनु पर्छ, यी दुबैलाई एकै थलोमा राखेर बुझनु हुदैन।’

माण्डवि गाउपालिका वडा नम्बर ३ मा पूर्व प्रहरी जवान डम्बर बहादुर पौडेल वडा अद्यक्ष छन्। उनीले पनि गाउँपालिकाको सुविधा र पेन्सन बुझिरहेको नेपाल समाचारपत्रसंग बताए।नीतिगत कुरा थाह नभएका कारण कसरी एउटा सेवा रोजने सम्म जानकारी नहुदा अलमलमा परेको पौडेलले बताए।
नौ बहिनी गाउँपालिकाका ४ खबाङका वडा अध्यक्ष पहलसिंह घर्ती मगर पनि पुर्व कर्मचारी हुन। उनि साविक खबाङ गाबिसका सचिब थिए। उनले पेन्सन बुझिरहेका छन। घर्ती भन्छन–‘मैले गाउँपालिकाबाट अहिले सम्म सुविधा लिएको छैन। पेन्सन मात्रै लिएको छु।

उता दक्षिणि प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मुकुन्दराज शर्मा र सोही ठाउका टंक बहादुर बिश्वकर्मा पनि निवृत शिक्षक छन। बिश्वकर्मा दलित कोटाबाट पछि गाउँ कार्यपालिका सदस्य भएका हुन। उनीहरुले गाउपालिकाले दिने सेवा सुबिधाका साथै पेन्सन समेत बुझिरहेका छन । प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती शिक्षाका पुर्व टाईपिष्ट्र सुब्बा हुन। उनले स्वघोषणा गर्दे पेन्सन छोडेर नगरपालिकाले दिने सेवा सुविधा लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताए। उहाले पेन्सन लिन्न अहिलेको सुविधा लिन्छु भन्नु भयो,–उनले भने। नगरप्रमुखले पाउने मासिक ३५ हजार उनले लिएका छन्।उनले यो साउनसम्म कुनै पनि जनप्रतिनिधिको सुविधा नरोकिएको सबै जनाले लिएको बताए।

जिल्लाका पेन्सनवाल जनप्रतिनिधिले पेन्सन र तलव दुबै लिएका छन्। एकिन तथ्याकं नभएपनी जनप्रतिनिधीमा निर्वा्िचत पुर्व शिक्षक,पुर्व कर्मचारी,पुर्व प्रहरीले दोहोरो सुबिधा लिईरहेका छन ।स्वघोषणाकै आधार अहिले सेवा सुविधा लिइरहेका जनप्रतिनिधिहरुले अर्काे सुविधा रोकिएको प्रमाण भने देखाउने अबस्थामा छैनन।
स्थानीय तहले अहिले जनप्रतिनिधिहरु रहेका केहिले सरकारी सेवा निवृत सेवा र स्थानीय तहबाट पनि सेवा सुविधा लिन थाले पछि कुन सेवा लिने र कुन छोडने भन्ने दोधारमा देखिन्छन ।

५ नम्बर प्रदेश सरकारले प्रदेश राजपत्रमा स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सुबिधा सम्बन्धी ऐन २०७५ बनाएको छ । यस्को कार्यान्वन हुन नसक्दा जनप्रतिनिधीहरुले दोहोरो सुबिधा लिइरहेका हुन। ऐनमा निर्वा्िचत स्थानिय तहका पदाधिकारी एवं सदस्यहरुको सुबिधा लिने ब्याबस्था रहेपनी निबृत्तिभरणको पेन्सनको हकमा कुनै एकमात्र सुबिधा लिने व्याबस्था छ।

प्रकाशित मिति : २४ भाद्र २०७५ आइतबार ००:००  २ : २५ बजे