१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जय मनकामनाले रे जेडआर ‘स्ट्रिट र्याली’ स्कुटी बजारमा ल्यायो


२५ भाद्र २०७५ सोमबार ००:००  

0
Shares

मायादेवी अनलाइन, जीतपुर ।
रे जेड आर ‘स्ट्रिट र्याली स्कुटरको नयाँ मोडल एक समारोह बीच कपिलवस्तुको जय मनकामना मोटरसाइकल वक्र्स चारनम्बरमा सार्वजनिक गरिएको छ । यमाहा कम्पनीले यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक डिलर जय मनकामना मोटरसाईकल वक्र्स चारनम्बरले आकर्षक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ बजारमा ल्याएको हो । ‘स्ट्रिट र्याली’ एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहरुबाट बजारमा आइतबार सार्वजनिक गरेको हो ।
यमाहाको आधिकारिक डिलर चारनम्बरमा आयोजित एक समारोहमा ‘स्ट्रिट र्याली’ एडिसनको डिजाइनको स्कुटी कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले गर्नुभएको हो । उँहाले यमाहा कम्पनीका मोटरसाइकल तराई, पहाड र हिमाल सवै क्षेत्रका लागि उपयोगी भएको अनुभव सुनाउनभयो । सोही कम्पनीले बजारमा ल्याएको ‘स्ट्रिट र्याली’ स्कुटरले पनि ग्राहकको मन जित्ने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा समाजसेवी तिलोचन घिमिरे, एनआईसि एसिया वैंकका विष्णु घिमिरे, सिद्धार्थ इन्स्योरेन्सका कृष्ण घिमिरे, व्यवसायी, उपभोक्ता गरी एकसय बढिको सहभागीता रहेको थियो ।
‘यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण हो,’ जय मनकामनामोटरसाईकल वक्र्सका प्रो. दिपक पाठकले भन्नुभयो, ‘हामीलाई विश्वास छ अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्ट्रिट र्याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्नेछ । प्रो. पाठकका अनुसार यामाहा प्रतिको बढ्दो मोहलाई नयाँ स्कुटरले नयाँ उचाइमा पुर्याउने अपेक्षा गर्दै बजारमा यसको माग बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ रे जेडआर ‘स्ट्रिट र्याली’ स्कुटर १ सय १३ सीसी ब्लु कोर इन्जिनमा रहेको छ । उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेज रहेको उक्त स्कुटीको चालकको हातको सुरक्षाका लागि सेफटी गार्ड र आकर्षक डिजाइन र पूर्ण आत्मविश्वासी ब्रेकिङ रकेको कम्पनीले जनाएको छ । यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’को बजार मूल्य २ लाख आठहजार ९ सय रेड र ब्लुगरी दुई वटा कलरमा बजारमा उपलब्ध छ ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  ८ : १७ बजे