९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

समयमा ठेक्का पट्टाका काम नसकिनुमा राज्य दोषि : गुप्ता



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु निर्माण व्यवसायी संघका नव निर्वाचित अध्यक्ष गुञ्जन कुमार गुप्ताले आफूले संघिय संरचना अनुसार व्यवसायीको हितमा काम गर्ने बताउनु भएको छ । तौलिहवामा सम्पन्न संघको दशौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि मायादेवी अनलाइन संग पहिलोपटक आफ्नो भनाई राख्दै गुप्ताले सबैको साथ र सहयोग रहेको अवस्थामा आफ्नो कार्यकालमा व्यवसायीको हितमा धेरै काम हुने बताउनुभयो ।
नव निर्वाचित अध्यक्ष गुप्ताले ९६ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्पर्धी चन्द्र शेखर श्रेष्ठले ५२ मत प्राप्त गर्नुभयो । श्रेष्ठ निवर्तमान अध्यक्ष पनि हुनुहुन्थयो ।
यस्तै संघको प्रथम उपाध्यक्षमा बिष्णु प्रसाद खनालले ७९ मत पाएर चुनाव जित्नुभयो भने अर्का उम्मेद्वार सुनिल कुमार गुप्ताले ६६ मत प्राप्त गर्नुभयो । द्वितिय उपाध्यक्षमा नारायण प्रसाद अर्यालले ८३ मत पाउँदा अच्युत अर्यालले ६० मत प्राप्त गर्न सफल हुनुभयो । महासचिव पदमा सरोज अर्याल ८८ मत सहित निर्वाचित हुनुभएको छ भने आजाद अहमद दर्जीले ५६ मत प्राप्त गर्नुभएको छ ।
सचिवमा अनन्त कुमार खड्का ८१ मत ल्याएर निर्वाचित हुनुभयो भने रितेश बहादुर थापाले ५२ मत ल्याउनुभयो । कोषाध्यक्षमा अशोक कुमार गुप्ताले ८८ मत ल्याएर चुनाव जित्दा मन्दिप सिंहले २७ र अजय शर्माले २४ मत प्राप्त गर्नुभयो । सह कोषाध्यक्षमा नगेन्द्र सिंहले ८३ मत ल्याउदै निर्वाचित हुदाँ सर्वेश कुमार पाण्डेयले ५८ मत प्राप्त गर्नुभयो ।
संघको सदस्यमा गुप्ताकै प्यानलबाट ६ जना सुनिल कुमार शुक्ल, रमेश मिश्र, युनिस फकिर, गम्म रैदास, चेतनारायण भण्डारी र धर्मेन्द्र कुमार शुक्ला निर्वा्चित हनु भएको छ ।कुल एक सय बैसट्ठी सदस्य रहेको निर्माण व्यवसायी संघमा एक सय पचास मत खसेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  २ : ०३ बजे