१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

प्रतिनिधिसभा बैठकको शून्य समयमा कस्ले के बोले ?



काठमाडौँ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा सार्वजानिक गर्न सरकारसित माग गर्नुभयो ।

उहाँहरुले लमजुङ् जिल्लाको उत्तरी भेगमा भदौ २७ गते गएको पहिरोमा परी मृत्य भएका परिवारलाई राहतको व्यवस्था मिलाउन, सुर्खेतमा रहेको यातायात व्यवस्था कार्यालयलाई स्तरोन्नति गर्न र नेपाली बैँकमा रहेको रु आठ करोड भारतीय नोट सटही व्यवस्था मिलाउन सदन मार्फत् सरकारको ध्यानाकर्षण गराउनुभयो ।

साथै नुवाकोटको दुप्चेश्वरमा भदौ २७ गते गएको पहिरोमा परी ११ घरमा क्षति पुगेकाले ती घरपरिवारलाई राहत व्यवस्था मिलाउन, दैलेख जिल्लामा दरबन्दीअनुसार चिकित्सा व्यवस्था मिलाउन पनि उहाँहरुले माग गर्नुभयो ।

शून्य समयमा बोल्ने सांसदहरुमा टेकबहादुर बस्नेत, तेजुलाल चौधरी, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद गुरुङ, नविताकुमारी चौधरी, नवराज सिलवाल, नारायणप्रसाद खतिवडा, पवित्रा निरौला खरेल, पार्वत गुरुङ, पार्वतीकुर्मी विसङ्खे, पुष्पा भुषाल, प्रभु साह, प्रमिला राई र प्रेमप्रसाद तुलाचन हुनुहुन्थ्यो । (रासस)

प्रकाशित मिति : ३१ भाद्र २०७५ आइतबार ००:००  ७ : ३६ बजे